लकडाउनमा भारतले बाँधको उचाई बढायो, स्थानीयवासी त्रसित

रौतहट, २८ वैशाख । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा भारतले बाँध अग्लो बनाउने कार्यलाई तीव्रता दिएको छ । सो बाँध अग्लो नबनाउने नेपाली पक्षसँगको सम्झौतालाई लत्याउँदै भारतीय पक्षले लक डाउनको बाँधको उचाइ बढाइरहेको छ । हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो बनाइसकेको स्थानीयवासी बताउँछन् ।

यसरी भारतीय पक्षले लकडाउनको मौका छोपेर बाँधको उचाँइ बढाउन थालेपछि स्थानीय भने त्रसित बनेका छन् । सोहीँ बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डुबानमा पर्ने गरेको छ । यो बाँधकै कारण सो नगर पालिकाको वडा नम्बर १, २, ३ र ४ यस वर्षामा पूर्णरुपमा डुबान पर्ने चिन्ताले स्थानीयलाई सताउन थालेको छ । को;रोना भाइरस संक्रमणका कारण दुबै देश लकडाउनको अवस्थामा छ भने सीमा सिल गरिएको छ ।

तर भारत भने दशगजा क्षेत्रमा बनाएको बाँधको उचाइ बढाउन लागिपरेको छ । भारतले जंगे पिलर ३ सय ४७ को पूर्व, मझौला पिलर नम्बर ३४६/५ हुँदै बन्जरहासम्मको भूभाग समेटेर बाँध अग्लो बनाइएको छ । भारतीय पक्षले स्थानीयको निरन्तर विरोधको वाव जुद पनि बाँधको उचाई बढाउने कार्यलाई जारी राखेको स्थानीयको भनाइ छ । न्युज २४ नेपालमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्