चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टा भित्र जिल्ला छाड्न निर्देशन !

काठमाडाैँ। सरुवा भएर पनि अटेर गरी चितवनमै बसेका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश नम्बर ३ प्रहरी कार्यालयले निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले १३ दिनअघि एसपी मल्ललाई चितवनबाट सरुवा गरेको थियो । तर, मल्लले जिल्ला नछाडे पछि प्रदेश कार्यालयले अल्टिमेटम सहित पत्राचार गरेको हो ।

पत्रमा ‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको द’रबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले त्यहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टा भित्र तोकिएको दर बन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन’ निर्देशन गरिएको उल्लेख छ । गत पुस ४ गते एसपी मल्लसहित २४ एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो ।

मल्लको स्थानमा एसपी गंगा पन्तको सरुवा भएको छ । मल्ललाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ । यस अघि मल्ल डिएसपी हुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षा गार्ड थिए । पछि उनी काठमाडाैँ महानगरीय प्रहरी वृत्त दरबार मार्गको नेतृत्वमा पुगे । अनि पछि एसपीमा बढुवा भएलगत्तै उनले चितवन जिल्ला प्रहरी प्रमुखको नेतृत्व पाएका थिए ।

सामान्यतया कार्यालय प्रमुखको हकमा सरुवा भएको एक वर्षभन्दा कम समयमा विना कारण त्यहाँबाट हटाउन नपाउने प्रावधान छ।मल्ल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व पीएसओ हुन्। प्रचण्डको पीएसओ भएकै समयमा उनी पदोन्नती भएर डीए सपी भएका थिए। लगत्तै उनी आकर्षक मानिने महानगरीय प्रहरी वृत दरबारमार्गको नेतृत्व गर्ने अवसर पाएका थिए।

पत्रकार शालिकराम पुडासैनी आत्म ह’त्या प्र’करणमा चितवन प्रहरी वि’वादमा आएको थियो । चितवन प्रचण्डको गृहजिल्ला हो। यस प्रकरणमा चर्चित सन्चारकर्मी रवि लामिछाने वि’रुद्ध आत्म ह’त्या दु’रुत्साहन कसुरमा मु’द्धा चलेको थियो। पर्याप्त प्रमाण अभाव भएको भन्दै चितवन जिल्ला अदालतले लामिछाने सहित सबै प्रतिवादीलाई तारेखमा छाडेको थियो, दुई जनासँग धरौटी मागेर र एक जनालाई साधारण तारेखमा छाडेर।

प्रतिक्रिया दिनुहोस्