नेपालमा थप १० जनामा को’रोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौं: नेपालमा थप १० जनामा को;रोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै नेपालमा जम्मा को;रोना संक्रमितको संख्या १२० पुगेको छ। मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

एक जना पुरुषको भने उमेर खुलेको छैन। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्य कर्मीहरुको सम्पर्क मा छन् । सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ । संक्रमित मध्ये हालसम्म ३३ जना उपचार पछि डिस्जार्च भएका छन् ।

नेपालमा हालसम्म ७३ हजार ५सय ५५ जनाको को;रोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ। को;रोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन्। मुलुकभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्