झाँक्रीको भर पर्दा सुत्केरीको ज्या’न गयो

काठमाडौं : अछामबाट हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज रिफर गरिएकी सुत्केरी देउमा साँउदको मृ’त्यु भएको छ। सुत्केरी भएको २५ दिनपछि अत्याधिक र’क्तश्राव भएपछि उनलाई शनिबार उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो। नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उनको शल्यक्रिया हुन नपाउँदै ज्यान गएको उनका श्रीमान मानबहादुर साँउदले जानकारी दिए।

उनले भने, ‘अप्रेशन गर्ने तयारीमा थियौ्र, अप्रेशन गर्ने कोठामा लग्दै गर्दा ज्यान गइसकेको रहेछ । त्यस बेला नाक मुखबाट पनि र’गत बगेको थियो ।’ रामारोशन गाउँ पालिका ६ भाटाकाटियाकी २४ वर्षीया साँउदले वैशाख २ गते भाटाकाटिया स्वास्थ चौकीमा छोरीलाई जन्म दिएकी थिइन्। शुक्रबार एक्‍कीसी पेट दु’खेपछि उनलाई गाउँकै धामी कहाँ लगेर उपचार गरिएको थियो।

धामीले पेटमा देउकाडो (असह्य पेट दुखाई) परेकाले दुखाई निको पार्ने भन्दै पेटमा र ढाडमा हानेपछि केही बेर निको भएपनि त्यसपछि र’क्तश्राव सुरु भएको उनका श्रीमान् मानबहादुरले बताए। गाउँमा धा’मी झाँ’क्रीको भर पर्दा र उपचारका लागि स्वास्थ संस्था मा समयमै पुर्‍याउन नसक्दा उनको ज्या’न गएको बयलपाटा अस्पातलका डाक्टर विकास गौचनले बताए । उनले भने ‘उहाँको धेरै र’गत बगिसकेको थियो, पेटमा र’गत पनि ज’मेको थियो, समय मै उपचार नपाउँदा मृ’त्यु भयो।’यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अछामबाट गीता कुँवरले लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्