‘कालापानी वि’वाद ओलीको राष्ट्रवादी छविको परिक्षण होइन’ : गोकुल बाँस्कोटा

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा नेकपा नेता गोकुल बाँस्कोटाले सीमा विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छविको परिक्षण नभएको जनाएका छन्। नेपाली भूमी लिपुलेकमा भारतले सडक बनाउँदा सम्म सरकार जानकार थिएन ? भन्दै प्रश्न उठिरहेका बेला बाँस्कोटा सरकारको बचाउमा उत्रेका हुन।

प्रधानमन्त्री निकट रहेका नेता बाँस्कोटाले ट्विटमा लेखेका छन् ”ओली अघिको नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो।” सत्तारुढ दल नेकपाका अन्य नेताहरुले भने सरकारको धारणा माग गरेका छन्। भारत सरकारको यस्तो मिचा हा प्रवृत्तिको सर्बत्र बि’रोध भईरहेको छ ।

नेकपा नेता गोकुल बाँस्कोटा ट्विट जस्ताको त्यस्तै: कालापानी क्षेत्रमा रहेकाे सीमा विबाद ओलीकाे राष्ट्रवादी अडानकाे पुनःपरिक्षण हाेइन। ओलीअघिकाे हाम्राे नेतृत्वकाे माैकापरस्त दृष्टिकोण र भारतकाे मिचाहा नीतिकाे परिणाम हाे।प्रश्न ओलीकाे जामारक्षाकाे हाेईन आमाकाे स्वाधीनता रक्षानिम्ती उनले चाल्ने कदममा नेपालीकाे दृढतापूर्ण साथकाे हाे।

प्रतिक्रिया दिनुहोस्