नेविसंघ अध्यक्ष सहितका सयभन्दा बढी नेता कार्यकर्ता प’क्राउ

काठमाडौं। भारतले लिपुलेक अ’तिक्र’मण गरेको वि’रोधमा आ’न्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुंगाना सहितका नेता कार्यकर्तालाई प’क्राउ गरेको छ । माइतीघरबाट सोमबार दिउँसो महामन्त्रीहरु बलदेव तिमिल्सिना युवराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई, प्रभात दाहाल, नेविसंघ नेता उत्तम साउँदसहितका १०० भन्दा बढी नेता कार्यकर्ता प’क्राउ परेका हुन् ।

भारतले यसअघि लिपुलेक सहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यस वि’रुद्ध व्यापक वि’रोध भइरहेको छ। लिपुलेक–कालापानी क्षेत्रको नेपाली भूभागसमेत पर्ने गरी भारतले धार्चुला हुँदै मानसरोवर जाने बाटो उद्घाटन गरेपछि युवा–विद्यार्थी आ’न्दोलनमा छन् । उनीहरुले प्रदर्शन गर्दै आएका छन् ।

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको वि’रोधमा सोमबार पनि काठमाडौंका विभिन्न ठाउँमा प्र’दर्शन भइरहेको छ । भारतीय अति’क्र’मण वि’रुद्ध नेविसंघ लगायत विभिन्न दलका भ्रातृ संगठनका नेता कार्यकर्ता सडकमा प्रद र्शनमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्