कपिलवस्तु आज साँझदेखि सिल गरिने

काठमाडौँ : जिल्लामा को;रोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु प्रशासनले आजै (सोमबार) साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । एकै दिन १० जनामा संक्रमण देखिएपछि को;रोनाको उच्च जोखिममा परेको भन्दै कपिलवस्तु जिल्लालाई सिल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले एक अत्यन्त जरुरी सूचना जारी गर्दै आज साँझ ५ बजेदेखि जिल्लालाई सिल गरिने भएको जनाएको छ। सोमबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको बुझिएको छ। कपिलवस्तुमा आज फेला परेका १० सहित कोरोना संक्रमित १५ पुगेका छन् । संक्रमित अधिकांश भारतबाट फर्किएकाहरु हुन् ।

भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढेको र संक्रमित मध्ये अधिकांश लकडाउनको अवधिमा रातिको समयमा नेपाल प्रवेश गरेको पाइएपछि कपिलवस्तु सिल गर्न लागिएको हो । लुकिछिपी आउने क्रम नरोकिएपछि कपिलवस्तु को;रोना संक्रमणको उच्च जो खिममा परेको पनि स्थानीय प्रशासनको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्