चीनले नेपाललाई दियो ४० हजार थान पिसिआर किट

काठमाडौं : कोरो;ना भाइरस (को’भिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पिसिआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। चीनले ४० हजार थान पिसिआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिन्। स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले को;रोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भए को सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गरे।

चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा को;रोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्य कर्मीहरुले प्रयोग गर्ने छन्।सो अवसरमा स्वास्थ्यमन्त्री ढकालले छिमेकी देश चीनले सङ्कटका बेला सहयोग गर्ने गरेको उल्लेख गर्दै आपतका बेला छिमेकीले गरेको यो सहयोग अविस्मरणीय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्