थप १३ जनामा को’रोना पुष्टि, आज एकैदिन २४ जना संक्रमित

काठमाडौं: कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा को;रोना पुष्टि भएको छ।यी सँगै आज (सोमबार) एकै दिन २४ जनामा को;रोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले बताएका छन्।

मन्त्रालयका अनुसार यी सबैकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैंमा परीक्षण गरिएकाे हाे । योसँगै नेपालमा को;रोना संक्रमितको संख्या १३४ पुगेको छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा को;रोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा को;रोना संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा को;रोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो। बर्दियामा भने पहिलो पटक को;रोना संक्रमण देखिएको हो । त्यस्तै सप्तरीमा पनि आज दिउसो १ जना संक्रमित भेटिएका थिए । हालसम्म नेपालमा ३३ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्