पहिलो पटक व्हाइट हाउसमा मास्क प्रयोग, ट्रम्पले अझै लगाएनन्

एजेन्सी:अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसमा सार्वजनिक रुपमा पहिलो पटक मास्कको प्रयोग भएको छ । राष्ट्रपतिका सहयोगीहरुले मास्कको प्रयोग गर्न सुरु गरेका हुन्। यसलाई व्हाइट हाउसका कर्मचारीले मास्कको प्रयोगबारे सन्देश दिएको रुपमा हेरिएको छ । कर्मचारी र सहयोगीहरुले मास्कको प्रयोग गरेपनि राष्ट्रपति ट्रम्पले भने मास्क लगाएका छैनन् ।

राष्ट्रपति ट्रम्प प्रेस ब्रिफिङमा मास्क बिना नै उपस्थित भएका थिए । उनले सो पत्रकार सम्मेलनमा अमेरिकामा हरेक दिन १ लाख ५० हजारभन्दा बढीको परीक्षण भइरहेको जानकारी दिए । अमेरिकामा हालसम्म १३ लाख ८५ हजार भन्दा बढी सं’क्रमित भइसकेका छन् भने ८१ हजार ७९५ जनाको मृ’त्यु भइसकेको छ ।

ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था आगामी वर्षसम्ममा राम्रो अवस्थामा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले आगामी वर्षहरुमा बजारमा माग बढ्ने विश्वास व्यक्त गर्दै अर्थतन्त्रमा सुधार हुने बताएका हुन्। संसारभरको जस्तै अमेरिकी अर्थव्यवस्था मा पनि कोरोना भाइरसका कारण ठूलो संकट उत्पन्न भएको छ । संसारमै सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा नै रहेको छ ।

गत साताको तथ्यांक अनुुसार अमेरिकामा को;रोना भाइरसका कारण ३ करोड ३० लाखभन्दा बढी अमेरिकीले रोजगारी गुमाएका छन्। व्हाइट हाउसमा आफ्ना सहयोगीमानै को’रोना भाइरस संक्रमण देखिएको बारे प्रतिक्रिया दिँदै उनले भने, ‘एक जनामा संक्रमण देखिएको छ । आश्चर्यको कुरा भनेको उनको अघिल्लो दिनको रिपोर्ट नेगेटिभ आएको थियो । यो लुकेको दुश्मन हो । यसबारे सावधानी अपनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्