आमा अर्कैसँग गइन्, नि’र्दयी बुबाले आफ्नै छोरालाई मर’णासन्न बनाए

खोटाङ (रासस) : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नौ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले नि-र्घात कु-टपिट गरेका छन् । आफ्ना ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट र-गताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अ’ङ्गमा लौरोको नी-लडाम बसेको छ ।

बुबाको कु’टाइबाट घा’इते बनेका बालकलाई टाउको फु’टेर र’क्ताम्मे भएपछि रोइरहेको अवस्थामा सोमबार फेला पारेर उद्धार गरिएको वडाध्यक्ष माधव राईले बताए । “बुबाबाट कुटि-इने पवन शङ्करका साइँला छोरा हुन्”, उनले भने, “नि’र्घात कु-टाइ खाएका पवनलाई नेर्पास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि जिल्ला अस्पताल दिक्तेल ल्याएर थप उपचार थालिएको छ ।”

गरिब परिवारमा जन्मिएका पवनकी आमा ३५ वर्षीया मेनुका तामाङले दुई वर्षअघि अर्कैसँग दोस्रो विवाह गरेर गएपछि उनी बुबाको हेरचाहमा बसि रहेका थिए । पवनसँगै उनका जेठा दाजु १४ वर्षीय सविन, ११ वर्षीय माइला सङ्गम र छ वर्षीय कान्छा करण पनि बुबा शङ्करकै साथमा बस्दै आएका छिमेकीले बताएका छन् ।

नाबालक छोरालाई नि-र्घात कु-टपिट गर्ने बुबालाई कानूनी कारवाही गर्न सोमबार नै प’क्राउ गरेर हि’रासतमा राखिएको प्रहरीले जनाएको छ । घरैबाट प’क्राउ परेका शङ्करलाई अ’भद्र व्य’वहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिए लगत्तै सात दिनका लागि हिरासतमा राखेर का’रवाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए।

पवनलाई नि-र्घात कु-टपिट गर्ने निर्दयी बुबा शङ्करलाई प्रहरीले प’क्राउ गरेपछि चार बालकलाई केही समयका लागि वडा कार्यालयले खाने र बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष राईले बताए। “बुबाघर नआएसम्म चार दाजुभाइलाई वडा कार्यालयको संरक्षणमा राखिने छ”, उनले भने, “पकाएर खान समेत नसक्ने उनीहरुलाई फुपूले पकाएर दिनेगरी चामल, दाल, सागसब्जी लगायत सम्पूर्ण व्यवस्था गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्