आज थप ५७ जनामा को’रोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, ३० बैशाख । नेपालमा को;रोना संक्र’मितको संख्या थपिने क्रम तीब्र बनेको छ । आज एकै दिन ह्वात्तै बढेर नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ । आज एकैदिन संक्रमितको संख्या ५७ थपिएको छ । थपिएका संक्र मित मध्ये पर्सामा मात्र ३९ जना रहेका छन भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थपिएका सबै पुरुष हुन् । कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी आज मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोग शाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका सबै ५७ जना पुरुष हुन्।

‘जसमध्ये कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जना रहेका छन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । साेमबार पनि एकै दिन २४ जनामा संक्रमण पुष्टि भएकाे थियाे। याे सँगै देशभर संक्रमितकाे संख्या १९१ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्