नेपाल र भारतका प्रधानमन्त्रीको वार्ताको माग गर्न उत्रिएका ज्ञानेन्द्र शाही प्रहरीको कब्जामा

काठमाडौं, ३० बैशाख । भारतले नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर जोड्ने सडक निर्माण गरेको वि’रोधमा प्रदर्शनमा उत्रिएका ज्ञानेन्द्र शाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालको भूमि लिपुलेकबाट भारतले एक तर्फी रुपमा बाटो खोलेको वि’रोधमा उत्रिएका शाहीलाई काठमाडौंको थापाथलीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

को;रोनाको रोकथामको लागि गरिएको लकडाउन उल्लङ्घन गरेको भन्दै शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराइएको छ । त्यसोत, सोसल मिडियाहरु प्रहरीले ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको भिडियो पनि भाइरल बनिरहेका छन्। मुलक लकडाउन मा भएतापनि भारतविरूद्ध देशका विभिन्न ठाउँमा वि’राेध प्रदर्शनहरु भइरहेका छन् । स

आफूलाई भ्र’ष्टचार विरो’धी अभियन्ता बताउने शाहीले एक साता भित्र प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक अ’तिक्र’मणको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गुर्नुपर्ने माग राखेका छन्। उनलाई पुलिस क्लबमा राखिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्