सडक दृष्टिविहीन भन्छन्- ‘हामीलाई उठाएर सरकारले के पाउँछ ?

काठमाडौं : आज माघ १० गते शुक्र बार प्रकाशित मुख्य दैनिक पत्रिकाले काठमाडौंका सडकहरुमा दृष्टि वि’हीनहरुले गीत गाएर माग्न नपाउने व्यवस्था, मुलुकको अर्थतन्त्र रेमिट्यान्स आयमा निर्भर रहे पनि रेमिट्यान्स पठाउने नेपालीले भोग्नु परेको ठ’गीको मार, भ्र’ष्टाचारको नियती एवं नेकपाले लागू गरेको आचार सं’हिता लगायतका विषयमा सम्पादकीय लेखेका छन् ।

काठमाडौंका सडकहरुमा हिजोआज दृ’ष्टि विहीनहरुले निर्बाध गीत गाएर माग्न नपाउने व्यवस्था गरेको विषयमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । ‘दृष्टिविहीन सित केको दुश्मनी?’ शीर्षमा लेखिएको सम्पादकीयमा भनिएको छ– महानगरको आदेशमा आए का प्रहरीहरुले उनीहरुको माइक र स्पिकर खोस्छन्, झपार्छन् र आइन्दा यसरी सडकमा नगाउन चेतावनी दिन्छन् ।

महानगरले बुधबार मात्रै रत्नपार्क र सुन्धारा क्षेत्रका सडक छेउमा गीत गाउने सात दृष्टि विहीन समूहको माइक र स्पिकर खोसेको छ । त्यसपछि ‘ह्वाइट केन’ को सहारामा महानगर पालिकाका पुगेको दृष्टि विहीनको समूहलाई त्यहाँका कर्मचारीले सडक छेउछाउमा गीत गाएर नमाग्न सतर्क गराएका छन् । सडकबाट उठाइएका दृष्टिविहीनले सोधका छन्, हामीलाई उठाएर सरकारले के पाउँछ ?’

लोक कल्याणकारी राज्य र समाजवाद उन्मुख संविधानको भावना अनुकूल ठह¥याउन सकिँदैन । मुलुकको अर्थतन्त्र रेमिट्यान्स आयमा निर्भर रहे पनि रेमिट्यान्स पठाउने नेपाली कामदार जति संस्थागत ठ’गीको मार सायदै अरु कुनै पेसा व्यवसायका मानिसले भोग्नु नपरेको उल्लेख गर्दै आजको कारोबार दैनिकले ‘वैदेशिक रोजगार व्यवसाय कि ठ’गी ?’ शीर्षकमा सम्पादकीय लेखेको छ ।

म्यानपावर ज्या’जती रोकिनु पर्नेमा जोड दिँदै सम्पादकीयमा भनिएको छ– वैदेशिक रोजगारीमा जानका लागि दलाल वा म्यानपावरलाई रकम बुझाएर घर न घाटको अवस्थामा पुग्नुपर्ने विडम्बना पनि छ । यसरी, वैदेशिक रोजगारीका दुवै पक्ष जटिल भए पनि ठ’गी को क्रम कहिल्यै नियन्त्रण हुन नसक्नु दःुखद पक्ष हो । आजको गोरखापत्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा स्थानीय तहमा भ्र’ष्टाचार बढेको बताएको विषयलाई सम्पादकीय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्