के गर्ने तयारीमा छन् किम जोंग उन ? आफ्नो र देशको सुरक्षा निकायमा गरे ठूलो परिवर्तन

काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनले आफ्नो र देशको सुरक्षामा ठूलो परिवर्तन गरेका छन् । किमले आफ्नो निजी सुरक्षाकमीृका साथै देशको गुप्तचर एजेन्सीको प्रमुख पनि परिवर्तन गरेका छन् । केही दिन अघि लामो समय सम्म हराएका किम करिब २० दिनपछि देखिएका थिए । लगत्तै उनी आफूप्रति गद्दारी गर्नेहरुको पहिचान गर्नको लागि गायब भएको दावीसहित समाचार आएको थियो ।

अहिले देशको र व्यक्तिगत सुरक्षामा गरिएको ठूलो परिवर्तन पछि यो दावीलाई अर्थपूर्ण रुपमा लिइएको छ । उत्तर कोरियाको सैन्य गुप्तचर विभागका प्रमुख जांग किल सोंग पदबाट हटाइएका छन् । कोरिया हेराल्डले दक्षिण कोरियाको एकीकरण मन्त्रालय स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार उत्तर कोरियाको सैन्य गुप्तचर एजेन्सी आरजीबी अमेरिकासहित अन्य देशहरुविरुद्ध रणनीति बनाउने निकाय हो ।

जांगको ठाउँमा सैन्य जनरल रिम क्वांग इललाई गुप्तचर विभाग प्रमुख बनाइएको योनहाप समाचार एजेन्सीले जनाएको छ । यो परिवर्तनको कुनै कारण बताइएको छैन। २०१० देखि किमको सुरक्षामा खटिने टिमको नेतृत्व गरिरहेका सैन्य जनरललाई पनि पदबाट हटा इएको छ । सुप्रिम गार्डका प्रमुख जनरल युन जोंग रिनलाई हटाएर क्वाक चांग सिकलाई ल्याइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्