कोरोना भाइरसबाट म’र्नेको संख्या २५ पुग्यो, तीन सहर ठप्प ! नेपालमा पनि उच्च जोखिम

एजेन्सी : चीनमा रहस्यमय कोरोना भा’इरसको प्रकोपबाट मा’रिने मानिसको संख्या २५ पुगेको छ। ६ सय १६ जनामा यो भा’इरस देखिएको छ । भा’इरस फैलिएको एक करोड १० लाख जनसंख्या भएको वुहान सहर ठ’प्प पारिएको छ।भा’इरसको प्रसार रोक्न वुहानबाट ४५ माइल टाढाको हुवाङगाङ तथा इचाउ सहरमा आवत जावत र सार्वजनिक भेलामा रो’क लगाइएको छ।

तीनै सहरमा करिब २ करोड मानिस बस्छन्। यी सहरमा रेल लगायत यातायातको साधन ब’न्द गरिएको छ । भा’इरसको प्र’कोप रोक्न चिनियाँ अधिकारीहरुले जोडबल लगाइरहेका छन् । चीन बाहेक अमेरिका, थाइल्यान्ड र दक्षिण कोरियामा पनि यो भाइरसबाट सं’क्रमित व्यक्ति फेला परेका छन्। नेपाल भ्रमण वर्ष, २०२० को सुरुवातसँगै नेपाल कोरोना भाइरसको उच्च जो’खिममा परेको छ।

छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भा’इरस पर्यटक मार्फत नेपाल पनि भित्रिन सक्नेउच्च सम्भावना रहेको तर सरकारले रोकथामका लागि पूर्वतयारी नगरेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरु वा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चीन र नेपाल बीचमा मानिसको आवतजावत बाक्लिँदै गएकाले नेपाल पनि कोराना भा’इरसको उच्च जो’खिममा रहेको बताए।

कोरोना भा’इरसको जो’खिमबाट बच्न सरकारले बेलैमा सतर्कता अपनाउनु पर्ने उनको सुझाव छ। उक्त भाइरस चीनबाट थाइल्यान्ड, जापान, अमेरिका लगायत मुलुकमा फैलिएको देखिएकाले नेपालमा पनि फैलिने उच्च सम्भावना रहेको पुनले बताए । शुक्रराज ट्रपि कल तथा सरुवा रोग अस्पतालकै अर्का विशेषज्ञ डा. अनुप बाँस्तोलाले को’रोनाको सम्भावित जो’खिन रो’क्न इ’बोला भा’इरस फैलिएका बेला जस्तै हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए।

‘कोरोना भाइरस संक्रमणबाट जोगिन हामीले नेपाल–चीन सीमा नाकामा विशेष ध्यान दिनु पर्छ’, सरुवा रोग विशेषज्ञ पुनले भने, ‘मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विशेषज्ञ चिकित्सक सहितको हेल्थ डेस्क तत्काल खडा गर्न आवश्यक छ। उनका अनुसार चीनबाट नेपाल भित्रिने स्थल नाका भन्दा त्रिभुवन विमानस्थलबाट आउने यात्रीको संख्या बढी हुने भएकाले सरकारले विमानस्थलमा हेल्थ डेस्क स्थापनालाई प्राथमितामा राख्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्