ल्होछार भोलि, बिदा आज : सरोकारवाला भन्छन्- सरकारको ‘ललिपप’

काठमाडौ । तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्व यो वर्ष गतेका हिसा वले माघ ११ गते पर्छ । सोही दिन सो समुदायले ल्होछार मनाउने तयारी समेत गरेका छन् । तामाङ समुदायले सोनाम ल्होछारलाई नयाँ वर्ष आरम्भका रुपमा मनाउने गर्छन् । तिथिका हिसावले प्रत्यक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीका दिन सोनाम ल्होछार मनाइने गरिन्छ । यहि दिन चिनियाँ नयाँ वर्ष समेत पर्ने गर्छ ।

तर, यो पर्वका अवसरमा वागमती प्रदेश सरकारले शुक्रबारै विदा दिएको छ । यस अघि भने विदाको दिन ल्होछार पर्दा सरकारले अतिरिक्त दिन बिदा नदिने गरेपनि यो वर्ष नयाँ परम्पराको थालनी गरेको सरोकार वालाहरुले बताएका छन् । उनीहरुले यसरी बिदा दिएर सरकारले तामाङ समुदायलाई ‘ललिपप’ ख्वाएको भन्दै यसको कुनै अर्थ नभएको बताएका छन् ।

गत पुस २७ गते बसेको वागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले शुक्रबार ल्होछार पर्वको अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यलय वागमति प्रदेशका सुचना अधिकारी मदन प्रसाद पोखरेलले जानकारी दिए। ‘ल्होछार शनिबार पर्छ बिदा चाहीँ शुक्रबार किन ?’ भन्ने प्रश्नमा उनले सरोकारवालाहरुसँग छलफल गरेरै शुक्रबार बिदा दिने निर्णय भएको बताए ।

यद्यपि उनले मन्त्रिपरिषदको निर्णयमा आफुले अरु थप भन्न नसक्ने प्रतिक्रया दिए । पत्रकार समेत रहेका बुद्ध योञ्जन तामाङले शनिबार पर्ने ल्होछारको सरकारले शुक्रबार विदा दिएर तामाङ समुदायलाई ‘ललिपप’ ख्वाएको टिप्पणी गरे । ‘यसअघि पनि दुई पटक शनिबार सोनाम ल्होछार पर्व परेको थियो । तर यसरी अघिल्लो दिन वा भोलिपल्ट बिदा दिइएको थिएन ।

तर यसपटक दिइयो’, उनले भने, ‘प्रदेश राजधानी र नामाकरणमा विवाद भएको थियो । त्यसको आक्रोश मेट्न र तामाङ समुदायलाई खुशी पार्न सरकारले बिदा दिएको हुनुपर्छ ।’ उता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमर कट्टेलले ल्होछार पर्व भोलि शनिबार परेकाले शुक्रबारै विदा दिनुपरेको बताए ।

उनले तामाङ समुदायको माग अनुसार नै मन्त्रि परिषदले बिदा दिने निर्णय गरेको भन्दै विभिन्न धर्म संस्कृति र परम्पराको सम्मानमा सरकारले समान भावना देखाएको यो उदाहरण भएको बताए । ‘भोलि शनि बार पर्यो त्यसैले आजै विदा दिएको हो’मन्त्री कट्टेलले भने । मुलुकमा संघीय व्यवस्था लागु भएपछि विभिन्न चाडपर्वहरुमा केन्द्र, प्रदेश र स्थानीय तहहरुले निर्णय गरेर बिदा दिँदै आएका छन् । रातोपाटी डटकमवाट साभार

प्रतिक्रिया दिनुहोस्