किन घाम लागे पनि चिसो बढ्दै छ ?

काठमाण्डाै : काठमाण्डाै उपत्यकामा पछिल्ला केही दिन यता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । गएकाे एक हप्तादेखि दिनहुँ जसो घाम लागे पनि बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ । अहिले किन चिसो बढेको भनि राखिएको जिज्ञासामा मौसमविद् शान्ति कँडेलले कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन रहने बताउनु भयो ।

उहाँले चिसो बढे पनि काठमाण्डाै उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र बिस्तारै ताप क्रम बढ्दै जाने बताउनु भयो । काठमाण्डाै सहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा चिसो महसुस गरिएको छ । तराईमा हुस्सु र कुहिरोले बिहान र साँझपख बढी चिसो हुने गरेको छ । अहिले तराई क्षेत्रमा कुहिरो लागेको छ भने देशका पूर्व र मध्यका केही ठाउँमा आंशिक बदली रहेको मौसमविद् कँडेलको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार शुक्रबार काठमाण्डाैकाे न्यूनतम तापक्रम २ दशमलव ८ र अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । महाशाखाले तराईको हुस्सु/ शीतलहर सम्बन्धी शुक्रबार बुलेटिन निकालेर सुदूरपश्चिम प्रदेशको तराई भूभाग बाहेक बाँकी तराईका भूभागमा हुस्सु र कुहिरो लागेको जनाएको छ । अबको केही दिन सामान्यतया मौसम सफा रहने जनाइएको छ ।

यो पनि,११ विमानस्थलको सरसफाइ अडिट हुने: सरकारले भिजिट नेपाल २०२० लक्षित गर्दै देशभर सञ्चालनमा रहेकामध्ये ११ वटा विमानस्थलको सरसफाइ अडिट गर्ने भएको छ। यही फागुन २० गतेबाट चैत १९ गतेसम्म (एक महिनाभित्र) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैरआवासीय नेपाली संघबीच स्वंयसेवीको रुपमा ११ वटा विमानस्थलको स्थलगत अध्ययन गरी हालको सरसफाइको अवस्थाको अडिट गर्ने गरी सम्झौता भएको छ।

सम्झौतामा विमानस्थलहरुको विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थल अन्य सांस्कृतिक तथा पर्यटकीय स्थलको समेत सरसफाइलाई थप प्रभावकारी बनाउन मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सहकार्य गर्दै जाने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्