उखुको भुक्तानी दिन थालेपछि सर्लाहीको इन्दू मिलमा किसान आकर्षित

सर्लाही । उखु किसानलाई वक्यौता रकम नै नदिएर सम्पर्कविहीन भएका चिनी मिलको सूची लामो छ । तर, सर्लाहीको इन्दुशंकर चिनी उद्योगले भने निरन्तर किसानको पसिनाको कमाई भुक्तान गरि रहेको छ । उद्योगबाट निरन्तर भुक्तानी भएपछि अन्य जिल्लाका किसान समेत आकर्षित हुन थालेका छन् । आफ्नो पसिनाको कमाई नपाएर किसानले १० दिन काठमाडौंमा रात गुजारे ।

सरकारले आन्दोलन स्थगित गर्न पाँच बुँदे सम्झौता समेत गर्यो । तर, किसानले रकम पाएनन् । तर, त्यही उद्योगीका बीच अहिले इन्दुशंकर चिनी उद्योग भने सबै किसानको लागि भगवान बनिरहेको छ । पहिलो चरणमा २१ करोड ८० लाख भुक्तानी गरेर अहिले को अवस्थामा मिलले किसानलाई केही राहत दिएको छ । पुस ११ गतेबाट उखु क्रसिङ सुरु गरेको इन्दुशंकरले हाल सम्म ८ लाख १० हजार कुन्टल उखु क्रसिङ समेत गरेको छ ।

उद्योगले समयमै भुक्तानी दिने गरेकै कारण सर्लाही सहित आसपासका जिल्ला धनुषा महोत्तरी,रौतहट र बाराका किसान समेत मिलमा आक र्षित भएका छन् । भगिरथ प्रयास गर्दा पनि लाखौं रकम पाउन नसकिरहेका किसानका लागि इन्दुशंकर मिलको यो प्रयास सराहनीय छ। तर, पीडित किसान सरकारले दिने भनेको अनुदान समेत नपाएकोमा भने अझै दुःखी छन् । सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ २१ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । तर, मिलले रकम उप लब्ध नगराउँदा उनीहरुको दैनिक गुजारा चलाउन पनि धौधौ परिरहेको छ ।

यो पनि,सोलारले हट्यो टुकीको भर : यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनु पर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निः शुल्क सोलार जडानपछि खुशी ल्याएको हो । नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो ।

कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षौदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए । यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्य पालिका सदस्य कमला भण्डारीले बताए ।सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभी लगायतका आम सञ्चारमा यहाँका स्थानीय वासीको पहुँच विस्तार भएको छ ।

टुकी बाल्दा पैसा धेरै खर्च हुँदा यहाँका स्थानीयवासी चिन्तित थिए । नगर पालिकाले घरमा निःशुल्क सोलार बत्ती जडानगरे पछि मोमाइल चार्ज, बाल बालिकाको पठनपाठन, सञ्चार तथा नियमित घरायसी काम निकै सहज बनेको छ । सोलार जडानले मासिक खर्च समेत कम भएको र महिलालाई टुकीकै भरमा खाना पकाउनुपर्ने बाध्यता हटेको वडासदस्य राधा विश्वकर्माले बताए ।

माझी समुदायमा नगरपालिकाले निःशुल्क सोलार जडान गरेपछि स्थानीय ओमबहादुर माझी खुशी छन् । “टुकी उज्यालोभन्दा सोलारको उज्यालो राम्रो लाग्यो, टुकीले स्वास्थ्यमा असर हुने र खासै उज्यालो हँुदैनथ्यो”, माझीले भने। छेर्लुङका होमनाथ भट्टराईले वर्षौं देखि रातको समयमा उज्यालोमा बस्ने रहर पूरा भएको बताए । छ दशक उमेर पार गर्नुभएका भट्टराईले सोलारको उज्यालोले रातमा घरायसी काम गर्न सहज भएको बताए ।

“सोलारले गाउँ नै उज्योलो बनेको छ । विवाह, व्रतबन्ध लगायतका शुभकार्य समेत उज्यालोका कारण सजिलो हुँदै आएको छ”, भट्टराईले बताए । स्थानीयवासी पुरन विकले बाल बालिकालाई साँझ लेखपढ गर्न सजिलो भएको बताए । टुकीकै भरमा रातिमा पढ्दा धुवाँले अनुहार पनि कालो हुने र स्वास्थ्यमा समेत असर गरेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्