अब १५० सीसीका मोटरसाइकल समेत आयात गर्न नपाइने

काठमाडौं – अब १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा समेत प्रतिबन्ध लगाएको छ । मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो ।

यस अघि बैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो। यो भन्दा पहिले २५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएकोमा अब १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो । त्यसैगरी जिप, कार, भ्यान लगायतका सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई समेत निरन्तरता दिइएको छ ।

अटोमोबाइल व्यवसायीहरुले प्रतिबन्ध हट्ने आशा गरेका थिए । उनीहरुले यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य विभिन्न सरोकारवाला पक्षसँग यसका वारेमा माग गर्दै आएका थिए । सवारी साधनका साथै अन्य विभिन्न वस्तुमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ । प्रतिनिधिमुलक तस्बिर

प्रतिक्रिया दिनुहोस्