राखेको रकम १० गुणाले बढ्ने एनआइसीको मुद्दती योजनाले बैंकिङ उद्योगमा तरङ्ग

काठमाडौं : एनआइसी एशिया बैंकको १० गुणासम्म रकम प्राप्त हुने ‘एनआइसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ साउन मसान्तसम्मका लागि लागु हुने भएको छ। बैंकले गत असार १२ गतेदेखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने उक्त योजना सार्वजनिक गरेको थियो। योजना व्यक्तिगत, संस्थागत एवम् रेमिटेन्स ग्राहकहरू लक्षित छ।

ग्राहकहरूको रुची एवम् चासोलाई मनन गर्दै बैंकले यस योजनालाई साउन मसान्तसम्मका लागि निरन्तरता दिने घोषणा गरेको हो। यस योजनामा निक्षेपकर्ता ग्राहकहरूले ५ वर्ष १० महिनादेखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणादेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउन सक्नेछन्। साथै, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्नेछन्।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभावको समस्या चर्को बनिरहेको बेला छरिएर रहेका निक्षेप संकलन गर्ने उद्देश्यले एनआइसी एशियाले अभूतपूर्व विशेषताले भरिएको निक्षेपको प्रडक्ट ल्याएको छ । यो प्रडक्ट सार्वजनिक भएको केही साता नबित्दै सर्व साधारणको अचाक्ली आकर्षण देखिएको छ । एनआइसी एशियाले लामो अवधिका निक्षेप योजनाहरु सार्वजनिक गरिरहँदा एकातिर सर्वसाधारणले नसोचेको रिटर्न पाउने अवस्था बनिरहेको छ भने अर्कोतिर बैंकिङ उद्योगहरुमा हुने गरेको निक्षेप र लोनको मिसम्याचको समस्या समेत हल हुने अवस्था सिर्जना भएको छ ।

छोटो अवधिको निक्षेप संकलन गर्ने, तर लोन दिंदा चाहिँ लामो अवधिको दिने प्रवृतिले विगतमा बैंकहरु प्रताडित थिए । तर, एनआइसी एशियाले बजारमा ल्याएको नयाँ सोंच र नयाँ प्रडक्टले अरु बैंकलाई पनि लामो अवधिका स्रोत व्यवस्थापनमा अग्रसर गराएको छ । यसको परिणाम अहिले नेपाली बैंकहरुले पनि विकसित देशका बैंकहरुले जस्तै लामो अवधिको निक्षेप संकलनको सार्थक प्रयास अगाडि बढाएका छन् । सबै उद्योगलाई बाटो देखाउने काम चाहिँ एनआइसी एशियाले गरेको छ ।

एनआइसी एशिया बैंकले समयको माग र ग्राहकहरुको आवश्यकतालाई नजिकबाट नियालेर नेपाली बैंकिङ इतिहासमै नौलो निक्षेप योजनाको थालनी गरेको हो । यसअघि पनि बैंकले ग्राहकलाई थुप्रै सुविधासहितको योजना प्रदान गर्दै आएकोमा यसपाली ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ सञ्चालनमा ल्याएको छ । यो निक्षेप योजनाले समग्र उद्योगमै नयाँ तरङ्ग ल्याइदिएको छ ।

बैंकले ल्याएको यो स्किममा सहभागी बन्ने समय लम्बिएर साउन मसान्तसम्म पुगेको छ । एनआइसी एशियाको नवीन सोंच र स्किममा सर्वसाधारणको अभूतपूर्व आकर्षण देखिएपछि अन्य बैंकले पनि यस्तै प्रडक्ट ल्याउने लहर नै देखिएको छ । यस्तो योजना अहिलेसम्म कुनै पनि बैंकले ल्याएको थिएन । ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दति योजना’ अन्तर्गत निक्षेप राख्न चाहाने ग्राहकले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् ।

जसबाट निक्षेप रकमको १० गुणासम्म रकम पाउने ग्राहकलाई भविष्यमा उच्च ब्याजदरसहित अधिक फाइदा हुने देखिन्छ । बैंकले यो स्कीमअन्तर्गत रकम राखेका ग्राहकले २१ वर्ष ७ महिना १७ दिनमा आफूले राखेको रकमको १० गुणा रकम फिर्ता पाउनेछन् । उदाहरणका लागि अहिले ५ लाख रुपैयाँ राखेको खण्डमा २१ वर्ष ७ महिना १७ दिनमा १० गुणाले बढेर त्यो रकम ५० लाख रुपैयाँ पुग्नेछ । यदि १० लाख रकम राखेमा २१ वर्ष ७ महिना १७ दिनमा १० बढेर १ करोड पाईनेछ ।

प्रतिक्रिया दिनुहोस्