भुटेकाे मकै मधुमेह राेगीका लागि अचुक औषधि, यस्ता छन् फाइदाहरु

एजेन्सी । भुटेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको घरमा भुटेर खाने गरिन्छ । यसको स्वाद निकै नै स्वादिलो हुने गर्दछ । मकै खेति गाउ घरमा किसानले लगाउने गर्दछन् । भुटेको मकैलाई खाजाका रुपमा लिने अहिले कमै होलान् तर यसको फाइदाबारे धेरैले नबुझी रहेको हुन सक्छन् ।भुटेको मकैका पनि विभिन्न किसिमका फाइदाहरु छन् ।

मधुमेहका रोगीहरुलाई भुटेको मकै निकै ने लाभदायिक मानिन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ । तातो पानीमा केही बेर उमालेर पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ । भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।भुटेको मकैको अनेक फाइदा हुने भएकाले हामीले खाजाका रुपमा भुटेको मकैलाइ प्रयोग गर्नुपर्छ ।

दैनिक बढ्दै कोरोनाको सक्रिय संक्रमित
नेपालमा कोरोनाको सक्रिय संक्रमित दैनिक बढ्दै गएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ। यसअघि शुक्रबार सक्रिय संक्रमितको संख्या २ हजार ८४१ थियो। साउन १ गते सक्रिय संक्रमितको संख्या १ हजार ४३९ थियो। साउन २ गते १ हजार ७७६, साउन ३ गते १ हजार ९८२, साउन ४ गते २ हजार २७६, साउन ५ गते २ हजार ५३७ र साउन ६ गते २ हजार ८४१ थियो। गत २४ घण्टामा २ हजार ९९६ जनाको परीक्षण गर्दा ३३५ जनामा संक्रमण पुष्टि भएको छ।हाल कोरोना संक्रमण दर ११ दशमलव १८ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्