नेता-कार्यकर्ताको सम्पत्ति छानविन हुँदैन : गोकुल बाँस्कोटा

काठमाडौं।सरकारका प्रवक्ता गोकुल बास्कोटा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय बैठकमा नेता कार्यकताको सम्पत्ति छानविनबारे उठेको मागप्रति असन्तुष्टि जनाएका छन्। शनिबारको बैठकपछि सञ्चारकर्मीसँग नेकपाका केन्द्रीय सदस्य समेत रहेको बास्कोटाले भने, ‘सम्पत्ति छानविन गर्नुपर्ने तहमा कुनै पनि नेताले अकुत सम्पत्ति कमाएका छैनन्। प्रश्न यो पनि उठेको छ।

नेताहरु व्यापारी कार्यमा संलग्न हुनुहुँदैन। यसो भए कति ? जुन पार्टीले ७–८ लाख कार्यकर्ता आफ्नो सदस्य बनाएको छ। सबैले काम गरेनन् भने उत्पादन संघर्ष त खतम हुन्छ।’ सम्पत्ति छानविनको कुरामा गम्भीर आशंका भए वा अभियोग लागेको अवस्थामा मात्र गरिने कुरा व्यवहारिक हुने उनको तर्क छ। ‘त्यो व्यक्तिगत रुपमा हुन्छ। आम रुपमा किन गर्ने ?,’ बास्कोटाले गरे।

उनले नेता–कार्यकर्ताको सम्पत्ति छानविन हुनुपर्ने भनि बैठकमा उठेको आवाजलाई भावनात्मक आवेशको संज्ञा दिए । ‘केही व्यवाहारिक कुरा पनि छन्। केही भावनात्मक कुरा पनि छन्। शिक्षा र स्वास्थ जस्तो विषयमा नेताहरु संलग्न हुनुहुन्न भनिएको छ। यो भन्दा अगाडि चलाउँदै आएको एक नेतालाई निकालेर हल हुन्छ ?वा नयाँ नीति लिनुपर्छ ?’

बासकोटाले भने, ‘विकल्प सहित नीतिबाट विस्थापित गरेर नयाँ ठाउँमा जाँदा राम्रो हुन्छ। होइन भने फलानाले यो विजनेस गर्यो उसलाई निकाल्यो भने शिक्षा क्षेत्र सुर्धिन्छ वा स्वास्थ क्षेत्र सुर्धिन्छ भन्ने तहको कुरा गरेर हुँदैन।’ सर्वहारा चेत र दृष्टिकोणको कुरा मात्र भएको भन्दै कोही पनि नेता सर्वहारा नभएको उनले दाबी गरे। ‘कोही पनि नेता सर्वहारा छ भन्ने मलाई लाग्दैन।

सबैको घर छ, कतिपयको गाडी र खेतिपाती पनि होला,’ उनले भने। यस्तै नेकपा बैठक एम सीसीको बहस गर्मिरहेका बेला बास्कोटाले भने छलफल गर्न जरुरी नभएको बताए । उनले भने, ‘एमसीसीको कुराहरुमा बहस गर्नुको जरुरत छैन । त्यसैले ५ वर्षको योजना लिने हो, मजाले चलाउने हो।’

प्रतिक्रिया दिनुहोस्