यसरि तामझामका साथ सुरु गरियो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ महायज्ञ (फोटो फिचर)

चितवन । चितवनको भरतपुर महानगर पालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजबाट महायज्ञ सुरु भएको छ । आज हजारौँ नागरिकको उपस्थितिमा झाँकी, -यालीसहित तामझामपूर्ण तरिकाले महायज्ञको उद्घाटन गरिएको छ । माघ २६ गतेसम्म चल्ने महायज्ञको उद्घाटन देशका राष्ट्रिय खेलाडी तथा कलाकारहरुबाट हुने छ ।

महायज्ञबाट ५० करोड रुपैयाँ उठाउने योजना रहेको छ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आज (आइतबार) देखी धनधान्याचल महोत्सव सुरु भएको छ। २६ गतेसम्म चल्ने धनधान्याचल महोत्सव को मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित २२ बिधाका २२ जनाख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरे ।

उद्घाटनसत्र अघि झाँकीसहितको वृहत शोभायात्रा निकालिएको मुलआयोजक समिति संयोजक सांसद बिजय सुबेदीले जानकारी दिए । । बिहान १२ बजे मंगलपुर बजारबाट शुरु भएको शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचलमहोत्सव परिसरमा पुगेको थियो । आफ्नो संघ संस्थाको ब्यानरसहित शोभायात्रामा हजारौं नागरिक उपस्थित भएका थिए ।

जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थपआर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको हो । पण्डित दीनबन्धु पोखरेलबाट वाचनहुने श्रीमद्भागवत माहापुराणमा भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्