धुर्मुसलाई पटक पटक धम्की ! सक्किगोनी छोडेर रातारात जिग्री रंगशालामा (भिडियो सहित)

काठमान्डौ : चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबारदेखि सुरु भएको धनधान्याचल महोत्सवको दोस्र्रो दिन सोमबार सम्म एक करोड सहयोग जुटेको छ । आज धनधान्यान्चल महोत्सवमा महिलाहरुको बिशेष उपस्थिती रहने छ । धनधान्यान्चल भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन महोत्सवको तेस्रो दिन मंगलबार महिलामय बनाइने व्यवस्थापना समिति संयोजक चुन नारायण श्रेष्ठले जानकारी दिए ।

मंगलबार कार्यक्रमको सभापति, प्रमुख अतिथी देखी कलाकार र कार्यक्रम संचालक सबै महिला रहने संयोजक श्रेष्ठले जानकारी दिए। महोत्सव अवधिभरनै मातृशक्ती परिचालन हुने भए पनि मंगलबार महिलाहरुको बिशेष उपस्थिती रहने मातृशक्ती परिचालन समिति संयोजक सांसद पार्वती रावलले जानकारी दिइन । मंगलबार राष्ट्रिय सभा सदस्य सांसद कोमल ओलीसहित महिलाहरुको बिशेष उपस्थिती रहने रावलले बताइन ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, बिभिन्न वडाका महिला सदस्य, चिकित्सा क्षेत्रका महिलाहरु, महिला उद्यमी, महिला पत्रकार लगायतको उपस्थिती रहने रावलले बताईन् । पछिल्लो समय महिलाहरु बिभिन्न संघ संस्थाको नेतृत्व दायी भूमिकामा पुगिसकेकोले यो महान अभियान सफल बनाउन पनि महिलाहरुको भूमिका महत्वपुर्ण हुने उनको भनाई छ ।

बिभिन्न क्षेत्रमा योगदान पु¥याएका सबै महिलाहरुले मंगलबार भौतिक उपस्थिती मात्र नभई आर्थिक संकलन समेत सहयोग गर्ने उनको बताइन् । रावलले सबै महिलाहरुलाई महोत्सव स्थलमा उपस्थित हुन आग्रह समेत गरिन् । यस्तै मंगल बार गायिका सरिता गुरुङ सहित महिला कलाकारहरुले बिशेष प्रतुती दिने बताईएको छ ।रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव शुरु भएको छ ।

महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्ष’मताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण तिब्र गतिमा हुदै छ र सहयोग पनि जुट्दैछ। बेला बेलामा वि’वाद खेपी रहेका धुर्मुस आफनो काम बाट पछी हटेका छैनन् । धुर्मुसका भाई तथा हास्य कलाकार कुमार कट्टेलले एक अन्तर्वार्तामा धुर्मुस दाईलाई पटक पटक धम्कि आएपनि धुर्मुस दाई पछी नहट्नु भनेका छन । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्