चारपानेमा ह’त्या गरी ज’लाएको अवस्थामा श’व फेला

झापा, २१ माघ । झापाको बिर्तामोड –२ चारपानेमा एक जनाको ह’त्या गरी ज’लाएको अवस्थामा श’व फेला परेको छ । प्रहरीका अनुसार अ’र्धबैंशे उमेरको पुरुषको श’व परालमा ज’लेको अवस्थामा मंगलबार बिहान फे’ला परेको हो ।

स्थानीयले बिहान श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल वरपर र’गत लत्त पत्तिएकोले धा’रिलो ह’तियार प्रहार गरी ह’त्या गरेर जला’उन खोजिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार श’व ज’लेको र अनुहारमा चो’ट समेत रहेकाले मृ’तकको पहिचान खुल्न सकेको छैन ।

घटनाको अनुसन्धानका लागि प्रहरीले आज विहानै देखि सो क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ । प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको छ। घटनाको विषयमा अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ। डीएसपी रिजालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको स्थानीय रविन शर्माले बताए । घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्