संखुवासभा/ताप्लेजुङ : किमाथांका नाकाबाट चीनमा काम गर्न भएका एक बालकसहित १४ नेपाली कामदार १६ दिनपछि नेपाल फर्किएका छन्। चाँगा बजारमा काम गर्न भएका नेपाली कामदार चीनले नाका बन्द गरेपछि उतै रोकिएका थिए । कोरोना भाइरसका कारण चीनले किमाथांका र ओलाङचुङगगोला नाका बन्द गरेको हो।
चाँगामा काम गर्न गएका संखुवासभाका १२ जनालाई मंगलबार किमाथांकाबाट नेपाल फर्काइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। स्थानिय प्रशासन, सीमा प्रहरी चौकी, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट, भोटखोला गाउँपालिकाको पहलमा करिव डेढ घण्टाका लागि नाका खुला गरी चाँगामा रहेका नेपालीकालाई स्वदेश फर्काइएको सहायक प्रजिअ घिमिरेले बताए।
ताप्लेजुङका दुई महिलालाई भने भोटखोलाकै रिदकबाट ताप्लेजुङ पठाइएको छ। चाँगामा रोकिएका नेपाली पसल गर्ने र होटलमा ज्इालादारी काम गर्दै आएको खुलेको छ । भोटखोला गाउँपालिका -१ का वडाध्यक्ष तेन्छेवी शेर्पा, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका इन्स्पेक्टर देवकुमार राई, नेपाल प्रहरी र स्वास्थ्य चौकी किमाथांकाको टोलीले मंगलबार दिउँसो जिम्मा बुझेको हो। अन्नपुर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्