अख्तियारको अनौठो न’जिर : जग्गा फिर्ता गर्ने स’र्तमा नेता पौडेल र न्यायाधीश रेग्मीलाई उन्मुक्ति

काठमाडौं : एक सय ७५ जना वि’रुद्ध मु’द्दा चलाएको अख्तियारले सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो न’जिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएकाले मु’द्दा नलाग्ने तर्क अख्तियारको छ ।

तर, बालुवाटारका योजनाकारहरूसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मु’द्दा चलाइएको छ । पौडेलका छोरा नवीन र रेग्मीले जग्गा फिर्ता गर्ने बताएकाले मु’द्दा नचलाउने निर्णय भएको अख्तियारले आफ्नो मिसिलमा लेखेको छ । त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाहलाई पनि आयोगले अनुसन्धानको दायरामा तानेन । जब कि जग्गा बकस लिएको भन्दै उनकी श्रीमती उर्मिला शाह वि’रुद्ध मु’द्दा दायर भएको छ ।

अख्तियारले बहालवाला एक न्यायाधीश वि’रुद्ध समेत मु’द्दा दायर गरेको छ । चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोद कुमार गौतम वि’रुद्ध मु’द्दा दायर भएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालयमा उप-सचिवका रूपमा कार्यरत रहेका वेला उनी सो प्र’करणमा सं’लग्न भएको अख्तियारको दा’बी छ । आजको नया पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्