सिनेकर्मीलाई आईजीपी खनालको निर्देशन, प्रहरीको छवि राम्रो देखाऊ

काठमाडौं । नेपाली चलचित्रमा प्रस्तुत गरिने प्रहरीको चरित्र दर्शकलाई मन पर्छ । तर, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाली चल चित्रमा प्रस्तुत गरिने प्रहरीको चरित्र पटक्कै मन परेको छैन । चलचित्रमा प्रहरीलाई थोरै सकारात्मक र धेरै नकारात्मक रूपमा प्रस्तुत गरिने प्रक्रिया उनलाई मन नपरेको हो । महानिरीक्षक खनाल पछिल्लो समय चलचित्रका कार्यक्रमहरूमा बाक्लै उपस्थित हुने गरेका छन् ।

सोमबार मात्र नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा अवार्डबारे आयोजना गरेको घोषणा कार्यक्रममा प्रमुख अतिथि भएर पुगेका प्रहरी महानिरीक्षक खनालले कार्यक्रममा आफ्नो प्रतिक्रिया व्यक्त गरेका हुन। आगामी सिनेमाहरूमा प्रहरीलाई राम्रो छविका रूपमा प्रस्तुत गर्न उनले सिनेकर्मीहरूलाई निर्देशन समेत दिए । नेपाली चलचित्रमा तल्लो तहका प्रहरीदेखि माथिल्ला तहका प्रहरी अफिससम्मलाई नकारात्मक रूपमा प्रस्तुत गरिने गुनासो महानिरीक्षक खनालको छ ।

यसरी चलचित्रमा प्रहरीलाई नकारात्मक रूपमा मात्र प्रस्तुत गरिँदै त्यो सिनेमाका कारण प्रहरीलाई हेर्ने दर्शकको दृष्टिकोण नकारात्मक हुने गरेको भनाइ महानिरीक्षक खनालको थियो । नेपाली चलचित्रमा प्रहरीलाई भ्र’ष्टाचारी, गु’न्डा, ब’दमासका रूपमा बढी प्रस्तुत गरिएको ठम्याइ महानिरीक्षक खनालको छ । चलचित्रमा कतिपय प्रहरीको मानमर्दन हुनेगरी दृश्य राख्ने गरिएको पनि उनको गुनासो छ ।

प्रहरीको दर्जा अनुसारको पहिरन, बिल्ला, टोपी, ताराजस्ता कुराहरू नलगाउने, पहरिनको मनपरी दु’रुपयोग गर्ने, प्रहरी ऐनलाई मिचेर चलचित्रमा प्रहरीस म्बन्धी दृश्य राख्ने गरिएको प्रहरीको गु’नासो छ । जुन कुरालाई महानिरीक्षक खनालले पनि स्विकारेका छन् । यस्तो नहोस् भनेर नेपाल प्रहरीले चलचित्रमा प्रहरीसम्बन्धी कुनै दृश्य तथा कथा छ भने त्यसबारे नेपाल प्रहरीसँग परामर्शन गर्न प्रहरीले एउटा टिम नै बनाएको छ ।

सो टिमले चलचित्रको कथा हेरेर प्रहरीको भूमिका र उसले लगाउने पहिरन तथा दज्र्यानी चिह्नसम्बन्धी सुझाव दिने गर्दछ । यी सामग्री पनि यही टिमले भाडामा उपलब्ध गराइदिन्छ । तर, चलचित्रमा राखिने प्रहरीको भूमिकाबारे प्रहरीसँग अनुमति नै नलिई छायांकन गरेर सिनेमा हलमा आउने गरेको छ । यस्तो हुँदा प्रहरी सम्बन्धी दृश्यमा कैयौं त्रुटि प्रस्तुत हुने गरेको महा निरीक्षक सर्वेन्द्र खनालले समेत स्विकार गरे। सोही कारण आफूहरूसँग परामर्स गरेर प्रहरीसम्बन्धी दृश्य प्रस्तुत गरेमा प्रहरीको पहिरन, दज्र्यानी चिह्न देखि चरित्र सम्मको प्रस्तुतिमा गल्ती नहुने पनि महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्