बीच बाटोमा मोटरसाइकलको किक र सेल्फ दुबै खराब भए यसरी गर्नुस् स्टार्ट

काठमाडौं : समस्याले हैरान बनाउने गर्छ । यस्तो अबस्थामा कसरी पुनः मोटरसाइकललाई स्टार्ट गर्ने भन्ने समस्या धेरैलाई पर्ने गरेको छ। यस्तो समयमा धकेलेरसमेत मोटरसाइकल स्टार्ट गर्न सकिदैन। पछिल्ला दिनमा बजारमा आएका मोटर साइकलहरु किक लेससमेत हुने गरेका छन् । त्यस्तो अबस्तमा त ब्याट्रीले काम गरेन भने समस्या सृजना हुने गरेको छ ।

यस्तो अवस्थामा, तपाईले केही नयाँ तरिका थाहापाउनु भयो भने मोटरसाइकल स्टार्ट गर्न मद्दत पुग्ने छ । मोटर साइकललाई धक्का दिएर पनि स्टार्ट गर्न सकिन्छ, तर यसको लागि दुई जना मान्छे हुनु आवश्यक छ । किनभने, एक जनाले मोटरसाइकल नियन्त्रण गरेर सही समयमा गियर परिवर्तन गर्नेछ र अर्कोले मोटरसाइकललाई धक्का दिनेछ । यो काम मोटरसाइकलको क्लच थिचेर एक्लै पनि गर्न सकिन्छ, तर यो जो’खिमपूर्ण हुन सक्छ ।

यस्तो अवस्थामा बिना धक्का पनि मोटरसाइकल सजिलै स्टार्ट गर्न सकिन्छ । सबैभन्दा पहिला साँचो लगाएर इन्जिन अन गर्नुस् । त्यसपछि मोटरसाइकललाई सबैभन्दा माथिल्लो गिएरमा राख्नुस् । पछाडिको चक्कालाई केही माथितिर घुमाउनुस् । यदि ह्वील माथितिर घुमेन भने उसलाई अगाडि पछाडि गर्नुस। यो काम सजिलै हुन्छ। जब ह्वील फ्रि हुन्छ त्यसपछि त्यसलाई घुमाउनुस् ।

यसरी घुमाउदा तुरुन्तै स्टार्ट नहुनपनि सक्छ तर यो तरिकारले केहि समयमा इन्जिन स्टार्ट हुन थाल्छ । त्यसपछि मोटरसाइकलमा बसेर एक्सिलेटर को सहायताले कन्ट्रोल गर्नुस। मोटरसाइकललाई स्टार्ट गर्ने भन्ने समस्या धेरैलाई पर्ने गरेको छ। यस्तो समयमा धकेलेर समेत मोटरसाइकल स्टार्ट गर्न सकिदैन।

प्रतिक्रिया दिनुहोस्