‘गच्छदार जोगाउन होइन, काखा-पाखा गर्ने अख्तियारको वि’रोध गर्न आएका हौं’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको विरोधमा भ्रातृ संगठन हरूलाई सडक संघर्षमा उतारेको छ । अख्तियारले बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतालाई जोगाउँदै ललिता निवास जग्गा प्र’करणमा राजनीतिक पूर्वाग्रह राखेर उपसभापति गच्छदार वि’रुद्ध मु’द्दा दायर गरेको विरोधमा कांग्रेसले माइतीघर मण्डलामा भ्रातृ संगठनलाई सरकार वि’रद्ध उतारेको हो ।

मातृ पार्टीको निर्देशनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संयोजन गरेर सरकार र अख्तियार वि’रुद्ध माइतीघर मण्डलामा झन्डै डेढ घण्टा प्रदर्शन गरेको छ। कांग्रेसले बिहीबार भ्रातृ संगठनका पदाधिकारीहरूसँग छलफल गरेर सरकार र अख्तियार वि’रुद्ध सडक संघर्षमा जान निर्देशन दिएको थियो । मातृ पार्टीको निर्देशन अनुसार सडक संघर्षमा उत्रिएका भ्रातृ संगठनका नेताहरूले आफूहरू पार्टीका उपसभापति गच्छदारको बचाउका लागि प्रदर्शनमा नउत्रिएको स्पष्ट पारेका छन् ।

उनीहरूले अख्तियार पूर्वाग्रही रूपमा लागेर कसैलाई काखा र कसैलाई पाखा गर्न उद्दत रहेका कारण सडक संघर्षमा उत्रिएको प्रस्ट्याए । “हामी यहाँ हाम्रा नेतालाई बचाउन आएका होइनौं । कसैलाई काखा कसैलाई पाखा गर्ने अख्तियारको कदमको वि’रोध गर्न आएका हौं,” नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले आफूहरू प्रदर्शनमा उत्रिनुको कारण प्रस्ट्याउँदै प्रश्न गरे, “मन्त्रिपरिषद्मा निर्णय गर्ने माधव नेपाल, कारबाही गच्छदारलाई ? मुख्यसचिवलाई नहुने, सचिवलाई का’रबाही हुने ?,”

उनले ललिता निवासको जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरा नवीन पौडेललाई पनि का’नुनी दायरामा ल्याउन माग गरे । विजयकुमार गच्छदारलाई राजनीतिक पू’र्वाग्रहपूर्ण तरिकाले ललिता निवास प्र’करणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फसाएको भन्दै नेपाल विद्यार्थी संघ(नेविसंघ)ले शुक्रबार प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्