काठमाडौं : ललितानिवास प्रकरणमा मुछिएका कांग्रेस उपसभापति एवम् पूर्वउपप्रधान मन्त्री विजय कुमार गच्छदारले अख्तियारले माग गरेको बिगो तिर्ने रकम आफूसँग नभएको बताएका छन् । संसदीय दलको शुक्रबार बसेको बैठकमा बोल्दै उपसभापति गच्छदारले ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको बताएका हुन्।
पूर्वउपप्रधान मन्त्री समेत रहेका गच्छदारले आफूले भ्र’ष्टाचार नगरेको दाबी गर्दै अख्तियारले माग दाबी गरेको बिगो तिर्न सक्ने अवस्थामा नरहेको बताए । ‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ?’ दलको बैठकमा उनले भने, ‘३० वर्ष सांसद बनें। कुनै दोष लागेन। अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो।’
गच्छदारले आफू वि’रुद्धको मुद्दा पार्टी माथिको आक्रमण भएको बताए। ‘यो पार्टीको विषय हो। पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो’, उनले भने, ‘मैले भ्र’ष्टाचार गरेको छैन। ललिता निवास प्र’करणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन। यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो।’
उनले ललिता निवास प्र’करणलाई आफूले चर्काे रूपमा उठाए पछि सरकारले प्रतिशोध साँध्न अख्तियारलाई प्रभावित पारेको जिकिर गरे। ‘ललिता निवासबाट कुनै लाभ लिएको भए म जस्तो सुकै स’जाय भोग्न तयार छु। यो म माथिको प्रहार हो,’ गच्छदारले भने।
प्रतिक्रिया दिनुहोस्