चीनमा ब’न्दीझैं बसेका विद्यार्थी भन्छन्, ‘फिर्ता नलाने भए अन्तर्राष्ट्रिय समुदाय गुहार्छौं’

काठमाडौं : कोरोना भाइरस सन्त्रासले विश्वविद्यालयको होस्टेलमा बन्दीझैं बस्न बाध्य नेपाली विद्यार्थीले स्वदेश फिर्तीका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्ने चे’तावनी दिएका छन्। नेपाल सरकारले स्वदेश फर्काउन आलटाल गरेपछि चीनको वुहान सहरमा रहेका विद्यार्थी छ’टपटिएका हुन्। ‘हामी माथि खे’लवाड भएको छ।

समस्या पर्दा राज्यले हेर्छ भन्ने अनुभूति गर्न पाइएन,’ नेपाल फर्कन आवेदन दिएका एक विद्यार्थीले विच्याटमा भने, ‘अब हामी विश्व समुदायसँग अपिल गर्नेछौं। विश्वमा मानवता बाँकी नै होला !’ उनीहरूले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, पर राष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई सम्बोधन गर्दै दुई दिनभित्र स्वदेश फिर्ताको आग्रह गरेका हुन्।

नत्र अन्तर्राष्ट्रिय समुदाय गुहार्न बाध्य हुनेमा ध्यानाकर्षण गराएका छन्। ‘कि हामीलाई स्वदेश फर्काउनु पर्‍यो, कि तत्काल कोही मन्त्री वुहान आएर अभिभावकत्व दिनुपर्‍यो भनेर आग्रह गरेका छौं’ उनले भने। सरकारले आफ्ना नागरिकका सट्टा विदेशी कूटनीतिज्ञका कुरा सुन्दा अचम्मित भएको उनीहरूको भनाइ छ। एक विद्यार्थीले भने, ‘यो हाम्रो निरीहताको पराकाष्ठा हो।

साथीहरू आफ्नो मुलुक पुगेको दुई साता हुन लागिसक्यो। हामी अझै सरकारको बाटो हेर्दै छौं।’ भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यानमार लगायत मुलुकले आफ्ना नागरिकलाई लगिसकेका छन्। अमेरिका, फ्रान्स, टर्की, साउदी अरेबियाका नागरिक त्यस अघि नै फर्किएका थिए। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्