संसारले दुःख भोग्नुको कारण: खराब व्यक्तिको आ’तंक नभई असल मान्छेको मौनता

काठमाडौं : नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए । जसले पछिल्लो फ्रान्सेली क्रान्तिको समयमा ख्याति कमाए । उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्व भरका सैन्य विद्यालयहरूमा अध्ययन गरे । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्स को सम्राट भए । क्रा’न्तिकारी यु’द्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको वि’रुद्ध उभिए।

यी हुन् बोनापार्टका चर्चित भनाइहरु

१. तिमी मलाई एउटी आमा देऊ, म तिमीलाई असल राष्ट्र दिनेछु । २. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभई असल मान्छेको मौनता हो। ३. असम्भ भन्ने कुरा मु’र्खहरुको शब्द कोषमा मात्र भेटिन्छ। ४. अवसर बिना क्षमता केही होइन । ५. एउटा साचो मानवले कसैलाई पनि घृणा गर्दैन । ६. कल्पनाले नै संसारमाथि शासन गर्दछ । ७. कुनै पनि कार्य सुसम्पन्न होस भन्ने चाहन्छौं भने त्यो कार्य तिमी स्वयम गर ।

८. गरिब नै रहने पक्का उपाय हो इमान्छदार हुनु । ९. एक जनाले गर्न सक्न्े सबै कुरा मानव बन्नु हो एक जनाले इच्छाएको जति गर्नु ईश्वर बन्नु हो। १०. सोच्नमा समय लगाउ जब काम गर्ने समय आउँछ तब सोच्न बन्द गर र अगाडी बढ । ११. एउटा लिडर आशाको सम्बाहक पनि हो । १२. इतिहास सबैले पत्याइदिएको झुट हो। १३. एकै शत्रुसँग बारम्बार लडाइ गर्नु हुदैन अन्यथा तिमीले उसलाई आफ्नो सम्पुर्ण युद्धका कलाहरु सिकाउन पुग्नेछौं ।

प्रतिक्रिया दिनुहोस्