साउथ अभिनेता विजयको घरमा छापा, ६५ करोड भारु जफत

चेन्नई । दक्षिण भारतीय अभिनेता विजय कर छलीको आ’रोपमा विवादमा फसेका छन् । फिल्मको छायांकनमा व्यस्त रहेका विजयको घरमा ‘इनकम ट्याक्स’का अधिकारीले छा’पा मारेका छन् । भारतीय मिडियाका अनुसार छापा मा’रेर ६५ करोड भारु जफत गरिएको छ । विजयको पछिल्लो फिल्म ‘बिजिल’ का एक सदस्यबाट यो रकम जफत गरिएको हो ।

यो रकम दुई अलग– अलग ठाउँबाट जफत गरिएको बताइएको छ । यसमा ५० करोड चेन्नईबाट र १५ करोड मदुरेबाट जफत गरिएको हो । इनकम ट्याक्स डिपार्टमेन्टले एजीएस इन्टरटेनमेन्ट, एजीएस सिनेमाज, एजीएस ग्रुपमाथि निगरानी गर्दै अभिनेता विजय र लगानीकर्ता अन्बु छेजियानको घरमा समेत छापा मारेको हो । भारतीय मिडियाका अनुसार उक्त रेड एजीएस ग्रुपलाई टार्गेट गरेर २० वटाभन्दा बढी स्थानमा एकसाथ हानिएको थियो ।

रिपोर्टसका अनुसार विजयसँग सोधपुछ चलिरहेको छ । एजीएस सिनेमाजलाई कर छलीको आरोप लागेको छ । यो ब्यानरले विजयलाई लिएर फिल्म ‘बिजिल’ बनाएको थियो । यो फिल्मले विश्वभरबाट ३ सय करोड भारु भन्दा बढी कमाइ गरेको थियो । कर अधि कृतले फिल्मको कमाइबाट कर छली गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्