काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओली एसियाकै प्रभावशाली नेता ठहरिएका छन्। एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमो) ले एसियाकै दुरदर्शी नेता घोषणा गर्दै ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड २०२०’ बाट सम्मान गरेको हो । अर्थात ओली एसियाकै दूरदर्शी नेताका रूपमा सम्मानित भएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले ‘प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित भएको जनाएको छ । आमोले यसअघि मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदलाई यो अवार्डबाट सम्मानित गरेको थियो । महाथीरपछि नेपालबाट ओलीले अवार्ड पाएका हुन् ।
राजधानीमा आयोजित ‘एशियाली नेतृत्वकर्ता पुरस्कार वितरण कार्यक्रम’ मा प्रधानमन्त्री ओलीलाई सो पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा प्राधानमन्त्री ओलीले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक संविधानको प्रभावकारी कार्यान्वयनसँगै सर कार समृद्धिको बाटोमा अगाडि बढिरहेको भन्दै जनतालाई ढुक्क हुन अपिल गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्