महायज्ञमा मु’स्लिम समुदाय पुग्दा पण्डितले भने ‘वाह ! हाम्रो अ’सली समाज त यो हाे नि’

भरतपुर। धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा चितवनको रामपुर छेवैमा निर्माणधिन गौतम बुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ सञ्चालन गरिएको धन धान्यान्चल महोत्सवमा अन्य दिनको दाँजोमा शनिबार बेग्लै माहोल बन्यो । रंगशाला निर्मा णका लागि निर्माणाधिन परिसरभित्रै गरिएको महोत्सवमा प्रशिद्ध प्रवचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिइरहेका थिए ।

प्रवचन स्थलमा हजारौ हिन्दु धर्मावलम्बीहरु उनको प्रवचनमा ध्यानमुग्द थिए । तर एकै छिनमा माहोल फेरियो । हातमा ‘गोरखा बजार मु’स्लिम समाज’ लेखिएको ब्यानर बोकेर ८/१० जनाको समुह प्रवचन स्थलमा प्रवेश गर्दा केहि समय तालीको बर्षात नै भयो । गेटबाट मु’स्लिम समुदायको समुह प्रवेश गरेको देखेर प्रवचन गरिरहेका पण्डित पोखरेलले प्रवचन नै रोके र भन्न थाले ‘वाह हाम्रो असली समाज त यो हो नि ।’

ब्यानर बोकेर अघि बढि रहेको मु’स्लिम समुदायको समुहलाई मञ्चमा बसि रहेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले गेटसम्मै गएर स्वागत मात्रै गरेनन् सबैसंग अं’कमाल पनि गरे । त्यति बेला सम्म हलभित्र रहेका हजारौले मु’स्लिम समुहलाई तालीले स्वागत गरिरहेका थिए ।

मञ्चबाट पण्डित पोखरेलले भनिरहेका थिए ‘मेरो बाल्यकालमा सबै भन्दा मिल्ने साथी मु’स्लिम हो उहाँलाइ आज यहाँ देख्दा मन हर्षित भइरहेको छ, स्वागत छ मेरा मित्रलाई ।’ उनले संकेत गरिरहेका थिए गोरखा बजारका मोहम्मद कलाम मियाँ (काजी) लाई । जो पण्डित पोखरेलसंगै पढेका मात्रै थिएनन, बाल्यकालका सबैभन्दा नजिकका साथी समेत थिए ।

पण्डितले मञ्चबाटै यसो भनिरहदा महोत्सव स्थलको माहोल निक्कै रोमाञ्चित देखिएको थियो। श्रृंखला यतिमा मात्रै सिमित बनेन । मञ्चमा पुगे लगत्तै धुर्मसले मु’स्लिम समुदायका जमिल मियाँसंग आफुले लगाएको टोपी नै साटे । ढाका टोपी लगाएका धुर्मुसले मियाँसंग सेतो बिर्खे (इ’स्लामिक) टोपीसंग टाउको जोडेरै साटासाट गर्दा महोत्सव स्थल भित्र र बाहिर समेत हजारौबाट तालीको बर्षा भयो ।

त्यतिबेला पण्डित पोखरेल मञ्चबाट उद्घोष गरिरहेका थिए ‘नेपाललाई चार जा’त छत्तिस वर्णको फुलबारी त्यसै भनिएको होइन, हाम्रो पहिचान यहि हो, हाम्रो मेल मिलाप, सद्भाव र सम्बन्धले विश्वमा नेपाल अलग पहिचान बोकेको छ’ उनले फेरी थपे ‘सम्मान छ उहाँहरुलाई, यो हो हाम्रो असली पहिचान र सम्पत्ती हो, सधैभर यस्तै प्रगाढ सम्बन्ध कायम रहोस् मेरो यहि कामना ।’

केहि बेर त महोत्सव स्थलमा सेल्फी खिच्नेको भिंड समेत लाग्यो । यसै यसै सन्दर्भमा मु’स्लिम समुदायले रंगशाला निर्माणका लागि नगद २० हजार १ सय सहयोग समेत गरे । ‘रंगशला हाम्रो साझा सम्पत्ती हो, सबै मिलेर बनाउनुको विकल्प छैन’ मोहम्मद कलाम मियाँले भने ‘यो पहिलो प्रयास हो, रंगशाला बनाउन आगामी दिनमा गोरखाका सबै मस्जिदबाट चन्दा उठाएर पठाउछौ ।’

प्रतिक्रिया दिनुहोस्