अमेरिका छाडेर कुखुरा पालनमा रमाउदै गलकोटका गौरब

काठमाडौं : गलकोट क्षेत्र नेपालकै सबै भन्दा बढि बैदेशिक रोजगारिमा युवा रहेको क्षेत्र र रेमिटेन्स भि’त्रिने क्षेत्रको रुपमा प’रिचत छ। गलकोटका अधिकाशं युवाहरुको रोजाईमा जापान, अमेरिका, युरोप र अष्टेलिया लगाएतका देश पर्दछन् तर गलकोट नगरपालिका वडा नम्बर ५ हरिचौरका युवा ललित श्रीस भने जापानबाट फर्किएर कुखुरा फ’र्ममा ब्य’स्त हुनुहुन्छ ।

१ दशक जापानमा बस्नुभएका लिलित श्रीसले स्था’निय सहकारीबाट ३०लाख ऋण लिएर २०७१ सालमा सुरु गर्नुभएको ‘श्रीस पोल्ट्री एण्ड कृषि फर्म’ मा अहिले ४ हजार लेयर्स कुखुरा छन। अहिले सम्म करिब १ करोडको लगानी भैसेकेको फर्ममा दैनिक ३ हजार ६ सय अण्डा उत्पादन भैरहेको सं’चालक श्रीसले बताउनुभयो । सबै साथीभाईको संगतले गर्दा आफ्नो छोरा गौरब श्रीस पनि अमेरिका जाने तयारी गरेकोले छोरालाई फर्मको काममा फकाउन निकै कठिन भएको बताउनु हुन्छ ।

छोराले प’रम्रागत खोर सुधारपछि मात्र अमेरिका छाडेर नेपालमै बस्ने चा’सो देखाएको उहाँ बताउनुहुन्छ । फर्मको स्त’रबृद्धिको लागी विद्युतबाट चल्ने ‘के’ज प्रविधि’ भि’त्र्याउँउने तयारिमा श्रीस हुनुहुन्छ । केज प्रविधिले अण्डाको गुणस्तर बढ्ने, सरसफाइ राम्रो हुने र रो’गबाट कुखुरालाई ब’चाउन सकिन्छ । पूर्ण के’ज प्रविधि भने ग्रामीण बस्तीमा स’म्भव नहुने भएकोले ‘सेमी अ’टोमेटिक’ प्रविधिमा कुखुरा पाल्ने प्रबिधि सि’क्नको लागी चिन भ्रमणमा जाने तयारीमा रहेको गौरब श्रीस बताउनु हन्छ ।

२७ रोपनी जमिनमा फर्म सञ्चालन गर्नु भएका श्रीसले ९ रोपनीमा खोर बनाउनु भएको छ भने बाँकी जमिनमा तरकारी खेतीका लागि हा’इटेक प्रविधि राख्ने तयारी गरिरहनु भएको छ । फर्ममा सडक संजालले नछोएकोले दरम खोलामा व्यक्तिगत तुइन निर्माण गरेर दाना र अण्डा ओ’सारपसार गराउदा खर्चिलो भएको श्रीसको भनाई छ ।कृषि ज्ञान केन्द्रमा सूचीकृत फर्मलाई २ लाख ४६ हजार रुपैयाँ अनुदान दिने भएको छ ।

अण्डा गलकोट, गुल्मीका केही स्थान र बागलुङ बजारमा प्रति क्यारेट बजारमा ३ सय ५० रुपैयाँमा बिक्री हुने अण्डा उहाँले फर्मबाट २ सय ५० देखि समय अनुसार ३ सय सम्ममा बेच्नुहुन्छ । युवा पुस्तालाई स्थानिय स्तरमा उत्पादन संग जो’ड्न सकियो भने मात्रै दिगो बिकासको ल’क्ष्य पुरा गर्न स’हज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्