मुना कार्कीको ह’त्या प्रकरण : विजय चौधरीको बारेमा भयो यस्तो खुलासा !

काठमाडौं : र्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको ह’त्या गरेर आत्म ह’त्या गरेको भनिएका विजय चौधरी दाङ लमहीका हुन् । विजयको गाउ“मा सन्नाटा छ, छोराको श’व बुझ्न ५० वर्षीय बाबु मंगलबार बिहानै काठमाडौं हिँडेका छन् भने ४५ वर्षीया बिरामी आमालाई घ’टनाबारे जानकारी नै छैन ।

पूर्वसचिव कार्की दाङको लमहीस्थित प्रगन्ना सिँचाइ आयोजनाको कार्यालय प्रमुख भएकाले विजय काठमाडौं आउने संयोग जुरेको हो। कार्कीले पहिले लममहीका आसिवन चौधरीलाई घरेलु कामदार बनाएर काठमाडौं ल्याएका थिए । ६ वर्षअघि कार्की नेपाल विद्युत् प्राधिकरणको प्रमुख बनेको वेला आसिवनलाई प्राधिकरणको लमही स्थित शाखामा जागिर लगाइदिए ।

आसिवनले पनि गुन तिर्न विजय चौधरीलाई कार्कीको घरमा घरेलु कामदार बनाइ दिएका हुन् । ‘मैले पनि पहिले कार्की सरको घरमा काम गरेको थिएँ । मैले जागिर गर्ने भएपछि कार्की सरको घरमा मान्छे चाहियो । मैले नै विजयको घर परिवारसँग सल्लाह गरेर काममा लगाइदिएको हो ।’ आफन्तहरूका अनुुसार ६ कक्षासम्म पढेर छाडेका विजय कामदारको रूपमा कार्की निवासमा प्रवेश गर्दा विजय १६ वर्षका थिए ।

विजयलाई कार्कीको घरमा सरसफाइलगायत काम लगाइएको थियो। तर,कति पैसा पाउने भन्ने निर्धारण गरिएको थिएन। ‘छोराको पढाइ थिएन, कार्की सरले राम्रो जागिर लगाइदिने भनेपछि कार्कीको केही समय घरमा काम गर्न पठाएको हुँ’ विजयका बाबु जानकी चौधरीले भने, ‘छोराले घरमा काम गरे वापत केही पैसा पाइएला भन्ने आशा त थियो, तर ६ वर्षसम्म छोराले एक पैसा पनि पठाएन । तलबबारे कुनै सल्लाह नै नभएकोले हामीले माग्न पनि सकेनौं ।’

जागिर अथवा पैसा केही नपाए पनि छोराले आफुहरूसँग कुनै गुनासो नगरेको पनि उनले बताए । काम मिलाइदिएका आसिवनले पनि विजयको पारीश्रमिक निर्धारण नगरिएको बताए । ‘ तलब पक्का गरिएको थिएन । तर, ६ वर्ष सम्म कार्की परिवारसँग विजय र उनको परिवारको कुनै मनमुटाव भएको पनि सुनिएन,’ आसिवनले भने, ‘किन यस्तो घटना भयो अचम्म परेको छु ।’ आजको नया पत्रिका दैनिकमा भूपेन्द्र वलीले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्