प्रेमिकासँगको त’नावपछि युवकले सप्तकोशीमा हा’मफाले

इटहरी:दश वर्षदेखिको प्रेम स’म्बन्धमा समस्या आएपछि त’नावमा रहेका एक युवकले सप्तकोशी नदीमा हा’मफालेका छन्। सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलाका नगरपालिकाको सिमानामा पर्ने सप्तकोशी पुलबाट हा’म्फालेर इटहरीका राजेश बानियाँ बे’पत्ता भएका हुन्। इटहरी उपमहानगर पालिका-१ घर भएका बानियाँले मंगलबार साँझ सप्तकोशीमा हा’म फालेपछि खोजी भइरहेको छ।

कोशीमा हा’म फाल्नुअघि उनले फेसबुकमा केही तस्बिर सहित स्टाटस लेखेका छन्। ‘१० वर्षभन्दा बढी समयदेखि मसँग स’म्बन्ध राखेर बिना कारण अ’चानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो’, उनले फेसबुकमा भनेका छन्, ‘केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ। गुड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौँ।’

प्रत्यक्षदर्शीका अनुसार उनी बिहान देखिनै बुलेट बाइकमा सप्तकोशी क्षेत्रमा ओहोर दोहोर गरिरहेका थिए। आफूले चलाएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाइक र बाइकको बिल बुक कोशी पुलमाथि राखेर उनले हा’मफालेको एकजना स्थानीयले बताए । हा’मफाले लगत्तै चतरा स्थित सशस्त्र प्रहरी र प्रहरीको टोली उ’द्धार तथा खोजीमा खटिएका छन्। सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले बे’पत्ता बानियाँको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्