नासाको अध्ययन भन्छः नेपाल पहिरोको उच्च जो’खिममा

काठमाडौं: अमेरिकी अन्तरिक्ष संस्था नासाले नेपाल पहिरोको उच्च जो’खिममा भएको बताएको छ।नासा, स्ट्यानफोर्ड विश्वविद्यालय र अमेरिकाको राष्ट्रिय समुद्री तथा वातावरणीय प्रशासन एनओएएको संयुक्त अध्ययनले नेपाल, चीन र तिब्बत उच्च पहिरोको जो’खिममा भएको बताएको छ।

जलवायु परिवर्तनका कारण लगातार पानी पर्ने सम्भावना भएको र भीषण वर्षाले एसियाली उच्च हिमाली क्षेत्र चीन, तिब्बत र नेपालमा पहिरो जाने खतरा भएको अध्ययनमा उल्लेख गरिएको छ। यस अध्ययन त्यस क्षेत्रमा वर्षा र पहिरोको बिचको स’म्बन्धको पहिलो मात्रात्मक अध्ययन भएको बताइएको छ। एसियाका उच्च हिमाली क्षेत्रको बरफ र हिमनदीमा विश्वमै सबैभन्दा स्वस्थ र ताजा पानी पाइने अध्ययनमा बताइएको छ।

अरबौं मानिसहरु त्यहाँको पानी पिउँछन्, सोही पानीमा त्यहाँका कृषक निर्भर छन् । अनुसन्धानमा वैज्ञानिकहरुले भूउपग्रहबाट तथ्यांकहरु संकलन गरेका थिए । उनीहरुले पानी पर्ने ढाँचा र पहिरो लगातार गइरहने सम्भावित क्षेत्रको रुपमा नेपाल, तिब्बत र चीनका हिमाली क्षेत्रलाई पहिचान गरेको हो। अनुसन्धान टोलीले सबैभन्दा धेरै नेपाल र चीनको सिमानामा लगातार पहिरो गइरहने सम्भावना भएको बताएका छन्।

‘हिमाली क्षेत्रमा धेरै पहिरो जाँदा त्यसले भीषण बाढी निम्त्याउने र सयौं माइलसम्म बाढीको प्रभाव पर्नेछ’ अध्ययनमा भनिएको छ। ‘एसियाका उच्च हिमाली क्षेत्र दशौंहजार परसम्म पूर्वमा हिन्द कुशदेखि पश्चिममा तियान सान क्षेत्रसम्म फैलिएको छ।जहाँ धेरै ठाउमा हिमनदीहरु छन्। पृथ्वीमा तापक्रम बढ्दैछ र एसियाका उच्च हिमाली क्षेत्रको जलचक्र परिवर्तन हुँदैछ।

यहाँको वार्षिक वर्षाको प्रक्रिया र पानी पर्ने ढाँचामा पनि बदलाव आउँदैछ।’ अध्ययनमा भनिएको छ,‘जुनदेखि सेप्टेम्बर महिनामा भीषण वर्षा हुँदा त्यहाँ पहिरो जानसक्छ जसले त्यहाँ खानेपानी तथा यातायातलाई प्रभाव पार्न सक्छ ।’ सन् २०१९ मा बाढी र पहिरोले नेपाल, भारत र बंगलादेशमा ७० लाख मानिस विस्थापित भएका थिए।

प्रतिक्रिया दिनुहोस्