विद्यालयमा खाजा पकाउँदै आएका दलित किन हटाइए ?

बैतडी । विद्यालयमा ९० प्रतिशत विद्यार्थी द’लित समुदायका छन् । पढाउने शिक्षक पनि प्रायः सबै द’लित समुदायकै भएर पनि १५ वर्षदेखि विद्यालयमा दिवा खाजा पकाउँदै आइरहेका द’लितलाई कामबाट हटाइएकोछ । बैतडीको पञ्चे श्वर गाउँपालिका–४, स्थित कैलपाल आधार भूत विद्यालयमा २०६२ सालदेखि दिवा खाजा पकाउँदै आइरहेका तेजराम सा’र्कीलाई जा’तीय वि’भेदकै कारण व्यवस्थापन समितिले नै निर्णय गरेर दिवा खाजा पकाउने कामबाट ह’टाएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

बहुसङ्ख्यक विद्यार्थी र पढाउने शिक्षक द’लित समुदायका भए पनि गैर द’लितका बालबालिकाले दिवा खाजा खान नमाने पछि व्यवस् थापन समितिले खाजा पकाउने कामबाट हटाएको परि चर तेजराम सार्कीले बताए। “मलाई दिवा खाजा पकाउने कामबाट हटा एर अहिले विद्यालय खोल्ने र ब’न्द गर्ने जिम्मेवारी दिइएको छ” । परिचर तेजराम सार्कीले भन्नु भयो , “मेरो ठाउँमा एक जना च’न्दजीलाई दिवा खाजा पकाउने जिम्मेवारी दिइएको छ । मेरो पक्षमा विद्यालयका शिक्षकले समेत बोल्ने आँट गर्नु भएन ।” तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदा विद्यालय परिचरमा नियुक्त भएका सार्कीले स्थानीय सरकार आएपछि आफू स’मस्यामा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्