२६ हजारको मास्क लगाएपछि करीनाले दिईन यस्तो प्रतिक्रिया !

काठमाडौं : तिबेला भारतमा को’रोना संक्रमण भयावह रुपमा फैलिएको छ । गएको केही दिनमा रणवीर कपूर, आलिया भट्ट, अक्षय कुमार, परेश रावल, विक्की कौशल, भूमि पेडनेकर, कटरीना कैफ लगायतका कलाकारहरु कोरोनाको चपेटामा परेका छन् । एकपछि अर्का कलाकार कोरोना संक्रमित हुन थालेपछि अरु कलाकारहरुले कोभिड नियमको सही तरिकाले पालना गरिरहेका छन् ।

यस्तैमा अभिनेत्री करीना कपूरले आफ्ना प्रशंसकहरुलाई मास्क लगाउन र स्वास्थ्य सुरक्षाका विधा अपनाउन आग्रह गरेकी छन् । तर, यतिबेला उनले लगाएको मास्क चर्चाको विषय बनेको छ। किनकि, उनले लगाएको मास्क महंगो मुल्यको हो । हालै उनले कालो मा’स्क लगाएको एक तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्, ‘यो कुन प्रपोगन्डा होइन, अनिवार्य मास्क लगाउनुस् ।’

करीनाले लगाएको मास्कमा सेतो अक्षरमा ‘एलभी’ लेखिएको छ। यो मास्क एक सिल्क पाउचसँग पाइन्छ। ‘एलभी’ ब्रान्डको वेबसाइटमा यो मास्कको मुल्य अमेरिकी ३५५ डलर उल्लेख छ । भारतको करेन्सीमा यो मास्कको मुल्य २६ हजार र नेपालमा ४१ हजार भन्दा बढी हुन्छ । २१ फेब्रअरीमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी करीना काममा फर्किसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्