शिवपुरीमा आगलागी, सिम्रिक एयरलाइन्सको हेलिकाेप्टरबाट पानी हाल्ने तयारी

काठमाडौं । काठमाडौंकाे बुढानिलकण्ठ स्थित शिवपुरी राष्ट्रय निकुञ्जकाे जङ्गलमा आ’गलागी भएको छ ।आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आ’गलागी फैलिँदै गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म आ’गो के कारणले ल’गोको पत्ता लागेको छैन ।

आ’गो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।सिम्रिक एयरलाइन्सले पानी हाल्ने तयारी गरिरहेकाे प्रहारी प्रभाग बुढानिलकण्ठले जानकारी दिएको छ । यसै गरी दुई–तीन वटा द’म्कल आ’गलागी स्थलमा पुगि सकेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म चार सय मिटरको परिधि हा’राहारीमा आ’गलागी भएको बताइएको छ । आ’गलागी भएको खबर आएलगत्तै प्रहरी र निकुञ्जको टोली आ’गलागी नियन्त्रणका खटिएको छ । ठूलो हावाहुरीका कारण आ’गलागी थप बढेको बताइएको छ । अहिले आ’ग लागी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा निकुञ्जकै कर्मचारी लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्