हरिद्वारमा पूर्वराजाको रथयात्रा, आर्मीको हेलिकोप्टरबाट पुष्पवृष्टी

काठमाडौँ : भारतको हरिद्वारमा सुरु भएको शाही स्नानको रथयात्रामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि सहभागि भएका छन् । भारतको हरिद्वारमा गंगा नदीमा हुने शाही स्नान कार्यक्रमका लागि पूर्वराजा ज्ञानेन्द्र रथ यात्रादेखि नै सहभागि भएका हुन् । पूर्वराजा ज्ञानेन्द्र तेस्रो रथमा छन् । त्यसअघिका रथमा हरिद्वार मन्दिरका पूजारी, मठाधीस लगायत छन् ।

हरिद्वारको मनकामना मन्दिर देखि सुरु भएको रथयात्रा गंगा नदीको तटमा गएर समापन हुनेछ । रथयात्रापछि पूर्वराजा ज्ञानेन्द्रले गंगा नदीमा स्नान गर्ने कार्यक्रम छ । रथयात्राका लागि पूर्वराजा ज्ञानेन्द्रलाई निम्ता गरिएको थियो । निम्ता स्वीकार गरेर पूर्वराजा ज्ञानेन्द्र रथारोहरण कार्यक्रममा सहभागि भएका हुन् । पूर्वराजा ज्ञानेन्द्र समेत रथारोहण कार्यक्रममा सहभागि भएपछि भारतको उत्तराखण्ड सरकारले हेलिकोप्टरबाट पुष्पवृटि गरेको छ ।

हरिद्वारमा हरेक वर्ष महाकुम्भ मेला लाग्ने गर्छ । पूर्वराजाको रथयात्रालाई महत्वका साथ हेरिएको छ । पूर्वराजा नेपालका विभिन्न मठमन्दिर र धार्मिक कार्यक्रममा सहभागि हुँदै आएका छन् । यसपटक हरिद्वारमा भइरहेको कुम्भमेलामा सहभागि भएपछि उनीप्रति थप चाँसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्