आज मन्त्रिपरिषद्को बैठक बस्दै : ३ साता विद्यालय बन्द गर्ने विषयमा छलफल

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागिएको मन्त्रिपरिषद्को बैठक लागिएको बैठकमा को’रोना संक्रमण रोकथामका लागि छलफल हुने जनाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जसभित्र काठमाडौं लगायतका शहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

यता, (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्याब्सनका अध्यक्ष टीका राम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जन जीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विद्यालय बन्द नगरी बरु सं’क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ । विगतको बन्दा बन्दी पश्चात विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार वालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्य ढाँचा अनुसार शिक्षालयहरूका गति विधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको उल्लेख गरिएको छ । ‘आवश्यकता अनुसार शिक्षालयहरूमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ ।

शिक्षालयहरूमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ वि’रुद्धको खोपको प्रवन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अव’लम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न पनि प्याब्सनले सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्