नयाँ वर्षको अवसरमा सुरु भयो ‘क्लिन गाइघाट, ग्रीन गाइघाट’ अभियान

उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटलाई हरित शहरको रुपमा विकास गर्नका लागि क्लिन गाइघाट ग्रीन गाइघाट अभियान सुरुभएको छ। नयाँवर्षको अवसर पारेर नगर क्षेत्रलाई हरित नगर बनाउने अभियान अन्तर्गत त्रियुगा नगरपालिका उदयपुरले अभियान सुरु गरेको हो।एक कार्यक्रमका बीच त्रियुगा नगरपालिका प्रमुख वलदेव चौधरीले अभियानको सुरुवात गरेका हुन् । बैशाख १ गते नयाँ वर्षको अवसरमा नयाँ कामको थालनी गर्ने योजनाका साथ अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ

यस अभियान अन्तर्गत गाइघाट दिक्तेल सडक खण्ड अन्तर्गत गाइघाट मुख्य चोक आसपासका क्षेत्रका सडक बीचमा वृक्षरोपण गर्ने काम सुरु गरिएको हो। त्रियुगा नगरपालिका क्षेत्रका सबै स्थानमा सफा शहर निर्माणका लागि अभियान सुरु गरिएको हो । यस अभि यान अन्तर्गत गाइघाट बजार क्षेत्रमा हुने अव्यवस्थित पार्किङलाई स–शुल्क र निःशुल्क क्षेत्र निर्माण गरेर पार्किङ व्यवस्थित गर्ने, सबै घर अगाडि विरुवा रोपनलगायत गरिने नगर प्रमुख चौधरीले बताए ।

अभियान पहिलो दिन स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय युवा तथा नागरिकहरुले संयुक्त रुपमा मुख्य चोक क्षेत्रमा विरुवा रोपन लगायतको कामको सुरुवात गरिएको छ। त्रियुगा नगरपालिका क्षेत्रभित्र आन्तरिक तथा बाह्य पर्यटक बृद्धि गर्दै नगरको सुन्दरता बढाउनका लागि पनि नगरपालिकाले विभिन्न योजनाहरु निर्माण गर्दै अघि बढेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्