नयाँ वर्षमा तक्मेबुढाले राष्ट्रपतिबाट पाए तक्मा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र विकासमा योगदान दिएबापत नयाँवर्षको अवसरमा बुधबार विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषणले सुशोधन गरेकी छिन। अभिनेता विल्सनविक्रम राईले राष्ट्रपतिको हातबाट कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभुषण ग्रहण गरे । विक्रम संवत २०७७ सालको विभूषणलाई राष्ट्रपतिले बैशाख १ गते प्रदान गरेकी हुन् । विभूषण प्राप्त गरेपछि नेपालप्रेससँग कुरा गर्दै राईले आफ्नो योगदानलाई राष्ट्रले सम्झेकोमा खुशि व्यक्त गरे ।

यो पनि, राजनीतिक नेतृत्वको चिन्तन परिवर्तन हुन सकेन : उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोप बहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्य शैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् । अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुश व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरू कायमै रहेको बताएका हुन् ।

त्यसको विरुद्धमा अझै लड्नुपर्ने आवश्यकता रहेको पनि बताए । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए। परिवर्तित समाजमा मार्क्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरु महत्वपूर्ण भएपनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दा सम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताए। अहिले समाजवादको राजनीतिक प्रवृति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरु विस्थापन नभएको बताए । संसद विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रहरुबाट भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्