भारतमा राजा बन्न गएका ज्ञानेन्द्रलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ : आङकाजी शेर्पा

काठमाडौं : जनता समाजवादि पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्वराजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् । नेपालमा राजनीति माहोल बिग्रि रहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्ने बताएका छन ।

भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसि आर टेष्ट गर्नु पर्ने र यदि कोरोना संक्रमित भएको खण्डमा नेपाल प्रवेश गर्न रोक लगाउनु पर्ने बताएका छन ।

यस्तो छ उनको पोस्ट : भारतमा राजा बन्न गएका ज्ञानेलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ ! (१) नेपाली नागरिकता : भारतमा हिन्दु जोगीको आर्शि वादले राजा बन्न गएका ज्ञानेले नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्छ । नेपाली नागरिकता नभएमा नेपाल प्रवेशमा रोक लगाउनु पर्छ! (२) पि सि आर टेष्ट : को’रोना संक्रमित देश भारतका जोगीहरूसंग १ हप्तसम्म लसपस गरेर बसेको हुनाले ज्ञानेको पि सि आर टेष्ट गर्नु पर्छ। कोरोण संक्रमित भए नेपाल प्रवेशमा रोक लगा उनु पर्छ !

प्रतिक्रिया दिनुहोस्