सडक व्यापारले धानेको जीवन : ग्राहकले खाए पेट भरिन्छ

काठमाडौं : घामको तातो एकातिर, आ’गोको रा’प अर्कातिर। शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन्। कोइला र ख’रानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका-५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आएकी छन्। साठी वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाएकी छन्।

श्रीमानले दोस्रो बिहे गरेर अलग्गै बस्न थाले देखि आफ्ना दुःखका दिन सुरू भएको उनले बताइन् । दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकैखेती हुन्छ । उनको मकै व्यापार पनि बाह्रै महिना हुन्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उनी बताउँछिन्। ‘मेरो सहारा भनेको त्यही एउटा छोरो हो।

दुःखसुख गरेर छोराले पढेको छ, उसले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथ्यो तर भने जस्तो काम पाइँदैन’ उनले भनिन्, गरिबको त सहारा पनि कोही हुँदो रहेनछ।’ उनले बिहान किसानले बेच्न ल्याएको मकै खरिद गरेर बेलुकासम्म बेच्ने गर्छिन्। दिनमा १०० वटा जति मकै विक्री हुने गरेको उनी बताउँछिन्। पोलेको एउटा मकै रु २५ मा विक्री हुन्छ भने काँचो मकै बेच्दा रु २० मा विक्री हुन्छ।

घोराही उपमहानगरपालिका–१८ निवासी भीमीदेवी मल्ल सडकको किनारामा मकै पोलेर दैनिकी चलाउँछिन्। उनी तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिन्छिन् । उमेर ७१ वर्ष भयो तर पनि दुुःखले उनलाई छाडेको छैन। घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पीपलको चौतारीमुनि मकै पोलेर आफ्नो गुजारा चलाएकी छन्।

आम्दानीको स्रोत नभएपछि मकै पोलेर भएको दुई चार रुपैयाँले खर्च चलाएको उनी बताउँछिन्। बिहानको खाना खाएर मकै खोज्न गाउँतिर जाने र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म मकैपोल्ने गरेको उनले बताइन्। घर खर्च र बिरामीले थला परेका श्रीमानको उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको उनले बताइन्। उनका श्रीमान दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी छन्।

हातगोडा चल्दैनन्। काम गर्न सक्नुहुन्न। दिनरात बिछ्यौनामा ढलिरहन्छन्। श्रीमानको औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमी बताउँछिन्। उनका दुई छोरा र एक छोरी छन् । गत वर्ष को’रोनाको मध्य समयबाट जीविका चलाउन मकै पोलर बेच्न थालेको यस वर्ष पनि सोही व्यापार चलिरहेको छ। को’रोनाको ड’र पनि लागेन, भोकले मर्नुभन्दा रोगले म’र्नु जाति भनेर मकै पोलेर बेच्न थालेको मल्ल बताउँछिन्।

‘दिनमा ३०/४० घोगा मकै पोलेर बेच्ने गरेको छु, एउटा मकै १५ देखि २० रुपैयाँमा विक्री हुन्छ। राम्रोसँग मकै चपाउने आफ्ना दाँत छैनन्, अरूलाई खुवाएर आफ्नो पेट पाल्न सजिलो भएको छ’, उनले भनिन् । ‘अलि रात पर्‍यो भने आँखाले देख्दैन, झिसमिसे साँझमै घरमा पुग्नुपर्छ। दिनभरि आगोमा मकै पोल्दा साँझ आँखा पिरो भएर धमिलो हुन्छ। दिनभरि घरमा एक्लै छोडेको श्रीमानको स्याहारमा जुट्नुपर्छ’, उनले भनिन्, ‘उता श्रीमान भोकाएर मेरै बाटो कुरेर बसेका हुन्छन्।

कहिले खाना बनाउन जाँगर लाग्छ र पकाउँछु, जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउने गर्छु। बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौं।’ लमही नगरपालिका–६ की ३५ वर्षीय रूपा भण्डारीले लमही भालुबाङ सडक छेउमा मकै पोल्न थालेको तीन वर्ष भयो। लमहीमा मकै सधैं सहजैरूपमा पाइन्छ। पूर्वपश्चिम सडकमा गाडी बिसाउने ठाउँमा मकै बेच्ने गरेको देखेर यात्रु आफैं गाडी रोकेर मकै किन्न आउने गरेको उनले बताइन्।

‘घरमा कमाउने कोही छैन, साँझ/बिहान खानाको समस्या हुने गरेको छ’, रुपाले भनिन्, ‘दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेकी छु।’ लमही बजारमा मकैको राम्रो व्यापार हुने गरेको र मकै बेचेको पैसाबाट चार जनाको परिवार पालिएको उनले बताइन्। उनले दैनिक रु ४०० देखि ७०० सम्म आम्दानी हुने गरेको बताइन्।

बिहान ९ बजेदेखि मकैको व्यापार सुरू हुन्छ, गर्मीमा तातो घाम, वर्षाको झरीको कुनै प्रवाह नगरी मकै विक्री गर्ने गरेको उनी बताउँछिन्। अन्य काम गर्नुभन्दा मकै पोलेर बेच्ने काम सजिलो लागेर यता लागेको उनी बताउँछिन्। घोराही, तुलसीपुर, लमहीका मुख्य सडकमा तातो घाममा मकै पोलेर धेरै महिलाले सङ्घर्ष गरेर जीवन निर्वाह गरिरहेका छन् । यस क्षेत्रमा अन्य आम्दानीको बाटो नभएपछि मकैको सहाराले जीवन चलाउनेको सङ्ख्या धेरै छ ।रासस

प्रतिक्रिया दिनुहोस्